logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: परमा एकादशीका दिन महिलाहरूले के गर्ने र के नगर्ने ? जानौँ (भाग–१)

सम्पादकीय: परमा एकादशीका दिन महिलाहरूले के गर्ने र के नगर्ने ? जानौँ (भाग–१)


  • बिहिबार, जेष्ठ २८ २०८३
  • 754
    SHARES

    सम्पादकीय

    के तपाईंलाई थाहा छ, जेठ २८ गते ९जुन ११ मा० अर्थात् आज परेको परमा एकादशीले तपाईंको घरलाई स्वर्ग पनि बनाउन सक्छ र नर्क पनि रु यो कुनै साधारण एकादशी होइन । यो अधिक मासको त्यो रहस्यमय रात्रि हो, जब भगवान विष्णु योगनिद्रामा जानुअघि ब्रह्माण्डका सम्पूर्ण वरदानहरू पृथ्वीमा खोलिदिनुहुन्छ । तर एउटा सानो गल्ती, अनजानमा गरिएको एउटा सानो पापले तपाईंको सम्पूर्ण परिवारलाई यस्तो दरिद्रतामा धकेल्न सक्छ, जहाँबाट फर्किने कुनै बाटो बाँकी रहँदैन ।आज हामी ती पाँच भयङ्कर गल्तीहरूको चर्चा गर्नेछौँ, जुन महिलाहरूले अनजानमै प्रायः गरिरहेका हुन्छन् । तीमध्ये चार गल्ती त अझै क्षमायोग्य हुन सक्छन्, तर पाँचौँ गल्ती भने साक्षात् विनाशलाई निमन्त्रणा दिनु सरह हो । जसले यो पाँचौँ भूल गर्‍यो, उसको घरबाट माता लक्ष्मी सधैँका लागि रुष्ट भएर विदा हुन्छिन् । त्यसैले त्यो अन्तिम रहस्य नजानी कुनै पनि कदम नउठाउनुहोस् ।परमा एकादशीको व्रत हरेक तीन वर्षमा केवल एक पटक मात्र आउँछ । यसको नाम नै “परमा” हो, अर्थात् परम सिद्धि प्रदान गर्ने एकादशी । शास्त्र र पुराणहरूमा यस दिनलाई यति धेरै महत्त्व दिइएको छ कि यसको प्रभावले रङ्कलाई पनि राजा बनाउन सक्छ ।

    जब कुनै महिला आफ्नो घरको सुख–शान्तिका लागि जेठ २८ गते का दिन व्रत बस्छिन् वा केवल सच्चा मनले पूजा मात्र पनि गर्छिन् भने, उनको पुण्यको प्रभाव सयौँ गुणा बढ्छ । त्यस समयमा ब्रह्माण्डीय ऊर्जा आफ्नो चरम अवस्थामा हुन्छ । यस्तो अवस्थामा तपाईंले गरेको प्रत्येक कर्म सीधै भगवानको खातामा दर्ता हुन्छ ।महिलाहरूलाई घरकी लक्ष्मी मानिन्छ । उनीहरूको हातबाट हुने प्रत्येक कार्यले घरको दिशा र दशा निर्धारण गर्छ । जब घरकी स्त्रीले यस दिनका नियमहरू बिर्सिन्छिन्, त्यसको प्रत्यक्ष असर पति–पत्नीको उन्नति, घरको आर्थिक अवस्था र सन्तानहरूको भविष्यमा पर्छ ।

    एकादशीका दिन भगवान विष्णु र माता लक्ष्मीले तपाईंको घरको प्रत्येक कुनामा दृष्टि राखिरहेका हुन्छन् । उहाँहरूको आशीर्वाद अत्यन्त ठूलो हुन्छ र उहाँहरूको क्रोध पनि अत्यन्त भयानक हुन सक्छ ।अब कुरा गरौँ पहिलो गल्तीको, जुन अधिकांश महिलाहरूले बिहान उठ्नेबित्तिकै गरिदिन्छन् र उनीहरूलाई त्यसको आभाससम्म हुँदैन । एकादशीका दिन तुलसीको बोटलाई छुनु वा त्यसमा जल चढाउनु सबैभन्दा ठूलो पाप मानिएको छ । शास्त्रअनुसार एकादशीका दिन माता तुलसी निर्जला व्रत बस्नुहुन्छ र भगवान विष्णुको कठोर तपस्यामा लीन हुनुहुन्छ । यस्तो अवस्थामा यदि तपाईंले तुलसीको बोटमा पानी हाल्नुभयो वा त्यसका पातहरू टिप्नुभयो भने, माता तुलसीको त्यो पवित्र व्रत बीचमै खण्डित हुन्छ । माता तुलसीको क्रोधले तपाईंको घरको सम्पूर्ण बरकत एकै क्षणमा नष्ट गर्न सक्छ ।

    यदि तपाईंलाई पूजा वा भगवानलाई भोग चढाउनका लागि तुलसीका पातहरू आवश्यक छन् भने, ती सधैँ एकादशीभन्दा एक दिनअघि अर्थात् दशमीको साँझ नै टिपेर कुनै शुद्ध स्थानमा राख्नुपर्छ । यो यस्तो भयावह भूल हो, जसले पुस्तौँसम्मको सुख खोस्न सक्छ । महिलाहरूले जुन ११ को बिहान भूलवश पनि तुलसीमाताको नजिक जलको लोटा लिएर जानु हुँदैन । केही कदम टाढाबाट हात जोडेर प्रणाम गर्नुपर्छ र मनमनै आफ्नो प्रार्थना व्यक्त गर्नुपर्छ । तपाईंको आवाज उहाँसम्म अवश्य पुग्नेछ । तर उहाँलाई स्पर्श गर्ने भूल नगर्नुहोस् ।

    अब आउँछौँ दोस्रो सबैभन्दा भयङ्कर गल्तीमा, जुन प्रत्यक्ष रूपमा तपाईंको घरको सरसफाइसँग सम्बन्धित छ । एकादशीका दिन घरमा झाडु लगाउनु अत्यन्त ठूलो दोष मानिन्छ । तपाईं सोचिरहनुभएको होला, सरसफाइ गर्नु त सधैँ राम्रो कुरा मानिएको छ । घर सफा भए मात्र भगवान आउनुहुन्छ । तर एकादशीका दिन सूक्ष्म जीवहरूको हत्या हुनु सबैभन्दा ठूलो पाप मानिन्छ । जब तपाईं तीव्र गतिमा झाडु लगाउनुहुन्छ, तब अनजानमै कमिला, साना कीरा–फट्याङ्ग्रा तथा अन्य सूक्ष्म जीवहरूको मृत्यु हुन सक्छ । भगवान विष्णु सम्पूर्ण सृष्टिका पालनकर्ता हुनुहुन्छ । उहाँ प्रत्येक जीवका रक्षक हुनुहुन्छ । त्यसैले यस दिन कुनै निरीह प्राणीको हत्या हुनु भनेको प्रत्यक्ष रूपमा उहाँको क्रोधलाई निम्त्याउनु हो । यदि घरमा धेरै फोहोर भएको छ वा भुइँ अत्यन्त फोहोर देखिएको छ भने, तपाईंले कुनै सफा कपडाले अत्यन्त सावधानीपूर्वक बिस्तारै पुछ्न वा सफा गर्न सक्नुहुन्छ । तर झाडु वा जीवहरूलाई चोट पुर्‍याउन सक्ने कुनै पनि वस्तुको प्रयोग भूलवश पनि नगर्नुहोस् । विशेष गरी घरका ती कुनाहरू, जहाँ अँध्यारो हुन्छ वा कमिलाहरूको बास हुन सक्छ, त्यहाँ त झन् सरसफाइ नै गर्नु हुँदैन । जुन महिलाहरू यस दिन फोहोर फाल्नका लागि जोडजोडले झाडु लगाउँछन्, उनीहरूको घरबाट धनकी देवी सधैँका लागि विदा हुने विश्वास गरिन्छ ।

    हामी क्रमशः ती गल्तीहरूको चर्चा गर्दैछौँ, जसको सम्बन्ध घरको भान्सा र तपाईंको व्यवहारसँग छ । तर याद राख्नुहोस्, वास्तविक र सबैभन्दा डर लाग्दो रहस्य त पाँचौँ गल्तीमा लुकेको छ, जसको सम्बन्ध तपाईंका कपाल, तपाईंको सुहाग र तपाईंको घरको रातहरूसँग जोडिएको छ । तलको लिंकमा भाग–२ पनि पढ्नुहोस्

     

     

     

    प्रकाशित : बिहिबार, २८ जेष्ठ २०८३ , ११:४१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend