logo

सोमबार, ८ भाद्र २०८३

सोमबार, भाद्र ८ २०८३

गुल्मी पुर्तिघाट तराइ मधेस सम्पर्क समाजको प्रथम अधिवेशन तथा हरितालिका तीज मिलन आयोजना हुँदै!

गुल्मी पुर्तिघाट तराइ मधेस सम्पर्क समाजको प्रथम अधिवेशन तथा हरितालिका तीज मिलन आयोजना हुँदै!


  • सोमबार, भाद्र ८ २०८३
  • 650
    SHARES

    बुटवल, रुपन्देही — गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–४, पुर्तिघाटबाट विभिन्न समयमा बसाइँ सरी रुपन्देही तथा तराई–मधेसका विभिन्न स्थानमा बसोबास गर्दै आएका पुर्तिघाटवासीहरूबीच आपसी सम्बन्ध, पहिचान र सांस्कृतिक एकतालाई अझ मजबुत बनाउने उद्देश्यले “गुल्मी पुर्तिघाट तराई–मधेस सम्पर्क समाज” ले आफ्नो प्रथम अधिवेशन तथा हरितालिका तीज मिलन कार्यक्रम–२०८३ आयोजना गर्ने भएको छ।

    आयोजकका अनुसार उक्त कार्यक्रम २०८३ साल भाद्र १४ गते बिहान १०:०० बजे बुटवल–१३, बेलवासस्थित कुमारि रीसोर्ट सम्पन्न हुनेछ। तराइका बिभिन्न स्थानमा रहे पनि आफ्ना जरा, संस्कृति र आत्मीय सम्बन्धलाई जोगाइराख्ने साझा उद्देश्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रमप्रति पुर्तिघाटवासीहरूमा उत्साह बढ्दो रहेको जनाइएको छ।

    कार्यक्रम अन्तर्गत समाजको प्रथम अधिवेशन सम्पन्न गरिनुका साथै नयाँ कार्यसमिति चयन गरिनेछ। हरितालिका तीजको अवसर पारेर विशेष दर खाने कार्यक्रम, शुभकामना आदान–प्रदान तथा तीज गीत–नृत्यसहित विविध सांस्कृतिक प्रस्तुति आयोजना गरिनेछ। यसै अवसरमा समाजका अग्रज, योगदानकर्ता तथा प्रेरणादायी व्यक्तित्वहरूको सम्मान गरिनुका साथै समाजको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक विवरण पनि सार्वजनिक गरिनेछ। कार्यक्रमको अन्त्यमा सामूहिक भोजन तथा आत्मीय भेटघाटले सहभागीहरूबीचको सम्बन्धलाई अझ नजिक बनाउने विश्वास गरिएको छ।

    समाजका पदाधिकारीहरूले यस्ता कार्यक्रमले पुर्तिघाटवासीहरूबीचको आपसी विश्वास, सहकार्य र सद्भावलाई अझ प्रगाढ बनाउने उल्लेख गरेका छन्। विशेषगरी नयाँ पुस्तालाई समाजसँग जोड्ने, सामाजिक तथा मानवीय कार्यहरूलाई निरन्तरता दिने र दुःख–सुखमा एकअर्काको साथ दिने संस्कार को विकास गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    “हामी जहाँ बसे पनि हाम्रो पहिचान पुर्तिघाट” भन्ने मूल नारालाई आत्मसात् गर्दै समाजले सम्पूर्ण पुर्तिघाटवासी दाजुभाइ, दिदीबहिनी, बाबा–आमा तथा युवा साथीहरूलाई कार्यक्रममा सक्रिय र गरिमामय उपस्थितिका लागि हार्दिक आह्वान गरेको छ। आयोजकका अनुसार सहभागीहरूको उपस्थिति नै कार्यक्रमको सफलताको मुख्य आधार हुने विश्वास गरिएको छ।

    कार्यक्रम सम्बन्धी थप जानकारीका लागि तल दीइएको फोन न मा सम्पर्क गरि अधिक जानाकारि लिन सक्नु हुनेछ।९८५७०३४९९६

    प्रकाशित : सोमबार, ८ भाद्र २०८३ , ०६:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend