Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

कक्षा १२ को उत्कृष्ट नतिजामा अर्काे आयाम थप्यो तिलोत्तमा माविले

कक्षा १२ को उत्कृष्ट नतिजामा अर्काे आयाम थप्यो तिलोत्तमा माविले


  • बुधबार, साउन ३१ २०८०
  • 2.5K
    SHARES

    विष्णु भण्डारी, श्रावण ३१ । यही श्रावण ३० गते मंगलबार प्रकाशित कक्षा १२ को अन्तिम परीक्षामा तिलोत्तमा माविले अर्काे महत्त्वपूर्ण सफलता प्राप्त गरेको छ । देशभर ५१ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुँदा उपत्यका बाहिर एउटै शैक्षिक संस्थाले ९९ प्रतिशत नतिजा ल्याएको छ । ९९ प्रतिशत नतिजासँगै उत्कृष्ट ग्रेडमा सर्वाधिक विद्यार्थी संख्या उत्तीर्ण गराउन सफल भएको विद्यालय स्रोतले जानकारी दिएको छ ।

    विद्यालयका अनुसार ‘ए’ प्लस ग्रेडमा मात्र ५८ जना विद्यार्थी एकै पटकमा उत्तीर्ण हुनु यस क्षेत्रकै गौरवपूर्ण नतिजा हो । त्यसैगरी ३ जिपिएभन्दा माथि मात्र विद्यालयका ४ सय बढी विद्यार्थी यसरी एकैपटक उत्तीर्ण हुनु ऐतिहासिक सफलता भएको विद्यालयका उप–प्राचार्य बद्री पन्थीले जानकारी दिनुभयो ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं. २ मा अवस्थित तिलोत्तमा माविले विगत दुई वर्षदेखि लगातार नेपाल प्रथम भइ उत्कृष्ट नतिजा हात पारेको थियो । यस माविबाट राष्ट्रिय परीक्षा बोर्डले लिएको २०७८ को कक्षा १२ को अन्तिम परीक्षामा विक्रम तिवारी र कृषला लामाले ३.९२ जिपिए सहित नेपाल प्रथम हुन सफल भएका थिए । त्यसैगरी गत वर्षको कक्षा १२ कै अन्तिम परीक्षामा यसै विद्यालयका बिमल न्यौपानेले ३.९६ जिपिए सहित नेपाल प्रथम भएका थिए ।

    यसै विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी गत वर्षको चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस प्रवेश परीक्षामा सम्मिलित भएका बिमल न्यौपाने सहित १३ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्नसमेत सफल भएका थिए ।
    शिक्षक, विद्यार्थी र अभिभावकबिचको परस्पर समन्वयात्मक सहकार्यले यो सफलता सम्भव भएको विद्यालयका प्राचार्य आर.सी. आचार्यले बताउनुभयो ।

    प्रकाशित : बुधबार, ३१ साउन २०८० , ०९:३९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend