Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

लेखक तथा साहित्यकार लव जोशी शीत काव्य समाज नेपालद्वारा सम्मानित

लेखक तथा साहित्यकार लव जोशी शीत काव्य समाज नेपालद्वारा सम्मानित


  • सोमबार, मंसिर ४ २०८०
  • 676
    SHARES

     

    May be an image of 5 people and text

    मंसिर ४, रुपन्देही । लामो समयदेखि लेखन एवं साहित्य क्षेत्रमा सक्रिय रहि विभिन्न पुस्तकहरु प्रकाशन गर्नुभएका लव लोशी सम्मानित हुनुभएको छ । मंसिर ३ गते आइतबार आदिकवि छविलाल नेपालको १७४औं जन्मजयन्ती र शास्त्रकवि माधव प्रसाद देवकोटाको १२१औं जन्मजयन्ती तथा पाल्पा साहित्य समाजको २९औं वार्षिक दिवस समारोहको अवसरमा शीत काव्य समाज नेपालले जोशीलाई सम्मान गरेको हो । आकर्षक फ्रेममा सजिएको सम्मान पत्रमा शीत काव्य समाज नेपालका महासचिव दामोदर ढकाल(दीपक), तानसेन नगर पालिका, पाल्पाका नगर प्रमुख तथा प्रमुख अतिथि सन्तोषलाल श्रेष्ठ, शीत काव्य समाज नेपाल, पाल्पाका अध्यक्ष इन्दिरा ज्ञवाली पौड्याल तथा शीत काव्य समाज नेपालका अध्यक्ष एवं परिकल्पनाकार पुष्कर अथक रेग्मीको हस्ताक्षर रहेको छ ।

    यसै समारोहका बीच जोशीले लेख्नुभएको पछिल्लो पुस्तक शीत काव्य (The Dew Poetry) समेत लोकार्पण गरिएको थियो । लोकार्पण भएको २३६ पृष्ठयुक्त उक्त पुस्तकमा ५०४ वटा शीत काव्य रचनाहरु समाविष्ट छन् । नेपालीमा लेखिएको प्रत्येक शीत काव्य रचनालाई अँग्रेजीमा उल्था गरिएको छ जुन यस पुस्तकको विशेषता हो ।

    वन्दना प्रेयर, शीव शीत, तीज पर्व, गुरु पर्व, राजनीति, नौ भक्ति, होली, कृष्णको वंशी, जनैपूर्णे, दलबदल, नेता, विविध शीत, दशैं, के मीठो, ईश्वर, धर्ती, खुशी, नेता थरीथरीका, बुद्ध क्षेत्र, छठ पर्व, खाऊ, गीता ज्ञान, नयाँ वर्ष, दास, उम्दा रोजौं, राम्रो, कोरोना, माघी, भानुभक्त, घात, झरीमा चरी, यःमरी, पर्यटन, शान्तिवार्ता, के गर्ने?, शुरु गरि जम्मा ३६ वटा शीर्षक राखेकर ३६ खण्डको उक्त पुस्तकमा ऋषि आजाद, पुष्कर अथक रेग्मी (शीत काव्यका परिकल्पनाकार) र देवेन्द्रराज शाक्यको शुभकामना शब्द रहेको छ ।

    ४०० वटा शीत काव्य पुस्तक जोशीले शीत काव्य समाज, पाल्पालाई अनुदानमा दिनुभएको छ । शीत काव्य समाज नेपाल ‘‘नेपाली साहित्यको श्रीवृद्धिका लागि नवीनतम् योगदान गरौं’’ भन्ने नारासहित २०७८ मा स्थापना भएको थियो । लव जोशीको उक्त पुस्तक चाहिएमा सम्बन्धित व्यक्तिले शीत काव्य समाज नेपाल, पाल्पासँग सम्पर्क राख्नुपर्ने हुन्छ ।

    PDF file तल राखिएको छ :

    [pdf-embedder url=”https://loksarathi.com/wp-content/uploads/2023/11/LOVE-JOSHI-BOOK.pdf” title=”LOVE JOSHI BOOK”]

    प्रकाशित : सोमबार, ४ मंसिर २०८० , ०३:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend