Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

अनुदान वापतको १६० बोरा नुन बाजुराको हिमाली गाउँपालिकामा अलपत्र

अनुदान वापतको १६० बोरा नुन बाजुराको हिमाली गाउँपालिकामा अलपत्र


  • बुधबार, माघ १० २०८०
  • 780
    SHARES

    हुम्ला । अनुदान वापतको १ सय ६० बोरा नुन बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको कवाडीमा अलपत्र परेको छ । नुन पाँच वर्षदेखि अलपत्र परेको हो । कवाडीमा एक जना स्थानीयको घरमा करिब पाँच वर्षदेखि अलपत्र अवस्थामा रहँदा हुम्ला जिल्लाका स्थानीय नागरिक नुन पाउनबाट वञ्चित भएका छन् ।

    नेपालगञ्जदेखि ढुवानी भएर बाजुराको कवाडी गोदाममा पुगेको नुनको पाँच वर्षसम्म पनि खोजीनीति नहुँदा जिल्लाका नागरिक उक्त नुनपाउनबाट वञ्चित भएको स्थानीय जयरुद्र ढकालले गुनासो गर्नुभयो । उहाँले समयमा नुन नपुगेपछि जिल्ला सदरमुकाम सिमकोटको जिल्ला साल्ट ट्रेडिङ कर्पाेरेसन कार्यालयमा नुनु अभाव भन्दै गएको बताउनुभयो । यस अघि हप्तामा एक दिन आइतबार नुन वितरण गर्ने गरेको भए पनि एक महिनादेखि नुन अभावका कारण स्थानीयले प्रयाप्त नुन नपाएको अर्का स्थानीय ऐटन रावलले गुनासो गर्नुभयो ।

    नेपाल सरकारले अनुदानमा ९ रुपियाँमा विक्रि वितरण गर्दै आएको नुन अभावले सर्वसाधरण नुन पाउनबाट वञ्चित भएको स्थानीय रावलले गुनासो गर्नुभयो । यस जिल्लाका लागि ढुवानी गरेको नुन कवाडीसम्म पुगे पनि समयमा गन्तव्य पुग्न नसक्दा कवाडीमा अलपत्र बनेको छ ।

    नुनको प्याकेटमा एनपिजे लेखिएका कारण धनगढीको नभइ नेपालगञ्जबाट ढुवानी भएको साल्ट ट्रेडिङ कर्पाेरेसनका प्रमुख राज बहादुर लामाले बताउनुभयो । तर ठेकेदार को हो, कसको ठेक्का हो र ढुवानी कसले गरेको भन्नेबारे यकिन हुन नसके पनि हुम्ला जिल्लाको लागि नुन भएको प्रमुख लामाको भनाइ छ ।

    ठेकेदारले नुन ढुवानी गरेको भन्ने जानकारी भए पनि यकिन हुन नसकेको बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ का वडाअध्यक्ष प्रदिप बुढथापाले बताउनु भएको छ । ढुवानी भएदेखि हालसम्म ठेकेदार पनि सम्र्पकमा नआएको र अन्य कुनै निकायबाट खोजीनीति नभएको र ढुवानीका लागि पहल नभएको उहाँले बताउनुभयाे ।

    प्रकाशित : बुधबार, १० माघ २०८० , ०७:१७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend