logo

शुक्रबार, १५ साउन २०८३

शुक्रबार, साउन १५ २०८३

मन्दिरका पुजारीको धारिलो हतियार प्रहार गरी हत्या

मन्दिरका पुजारीको धारिलो हतियार प्रहार गरी हत्या


  • शुक्रबार, साउन १५ २०८३
  • 26
    SHARES

    जनकपुरधाम ।

    धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहरचोकस्थित शिव–हनुमान मन्दिरका पुजारी ५५ वर्षीय बन्ठु राउतको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

    हँसपुर नगरपालिका–३ निवासी राउत २०८३ साउन १४ गते राति मन्दिर परिसरमै घाँटी रेटिएको अवस्थामा मृत फेला परेका हुन्।

    सबैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार घटनास्थल पुग्दा मन्दिर परिसर रगतले लतपतिएको अवस्थामा रहेको थियो। उनले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुधन न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। हत्या कसले र किन गरेको हो भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

    घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक प्रमाण संकलन गर्दै अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

    प्रकाशित : शुक्रबार, १५ साउन २०८३ , ११:०१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend