Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते


  • बुधबार, साउन ३१ २०८०
  • 858
    SHARES

    रुपन्देही, श्रावण ३१ । कक्षा १२ को Grade Improvement (Supplementary) Exam आगामी असोज ६ र ७ गते हुने भएको छ । उक्त परीक्षा नट ग्रेडेड (Not Graded) नतिजा ल्याएका विद्यार्थीका लागि सञ्चालन हुन लागेको हो । विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो ।

    यस वर्षदेखि उक्त व्यवस्था परिमार्जन गरी जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यस वर्षको नतिजाअनुसार १ लाख २३ हजार तीन सय ९६ जनाले Grade Improvement (Supplementary) Exam मा सहभागी हुँदै छन् । जसमध्ये एक विषयमा मात्र एनजी आउने विद्यार्थीहरुको संख्या  ७९ हजार पाँच सय ८४ रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय पाँच सय रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने व्यवस्था गरेको छ। त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने पनि व्यवस्था  छ ।

    लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा नट ग्रेडेड (एनजी) हुन्छन् । एनजी आएकाहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी नभई उच्च शिक्षा अर्थात् माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन् ।

    विद्यार्थीले उत्तरपुस्तिका पुनः परीक्षण गराउँदा नयाँ तीनजना परीक्षकबाट जाँच गराउने व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले मङ्गलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार ४९.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । विद्यार्थी सबैभन्दा बढी अङ्ग्रेजीमा कमजोर रहेको तथ्याङ्कले देखाएको छ ।

     

    प्रकाशित : बुधबार, ३१ साउन २०८० , १२:५२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend