Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आज राष्ट्रिय शिक्षा दिवस, विभिन्न शैक्षिक संस्थाहरु पुरस्कृत

आज राष्ट्रिय शिक्षा दिवस, विभिन्न शैक्षिक संस्थाहरु पुरस्कृत


  • मंगलबार, असोज २ २०८०
  • 676
    SHARES

    काठमाडौं ।आज राष्ट्रिय शिक्षा दिवस, २०८०, ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि शिक्षा दिसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना गर्दैछ । यसका लागि शिक्षामन्त्री अशोकुमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

    दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्या भूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्दैछ । यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइँदैछ । यस्तै छात्रा विद्यापदक पनि प्रदान गरिँदैछ ।

    समयमा बजेट निकासा नहुँदा पदक निर्माण हुन नभ्याइएकाले आज पुरस्कारमात्रै वितरण हुने र पदक वितरणको सूचना पछि आउने मन्त्रालयले जनाएको छ । विभूषित हुनेहरूको नामावली मन्त्रालयले आज प्रकाशन गरेको छ । दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्या भूषण र समाज कल्याण शिक्षा पुरस्कार थप गरिएको छ । सबै गरी एक सय ७७ पुरस्कृत हुनेछन् । नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

    सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेकी थिइन् । विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस ९सेप्टेम्बर ८० कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलग–अलगरूपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन बाँकी रहेको थियो ।

    यी हुन पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस

    राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक भएको छ । नतिजा लगायतका आधारमा उत्कृष्ट विद्यालय, शिक्षालय एवं विश्वविद्यालय छनोट गरिएको हो । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड तथा नगद पुरस्कार एक लाखदेखि तीन लाख रुपियाँसम्म प्राप्त गर्ने छन् ।

    पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाहरू यस प्रकार छन् :

    सार्वजनिक विद्यालयतर्फ 

    १) देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उतीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रियस्तरमा प्रथम भई राष्ट्रिय शिल्ड, ध्वजा र रू ३,००,०००।–(तीन लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री कमला माध्यमिक विद्यालय, मैनी, दुधौली–११, सिन्धुली।

    २) देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा द्वितीय भई राष्ट्रिय सिल्ड, ध्वजा र रू २,००,०००।–(दुई लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास, कमलामाई–४, सिन्धुली ।

    ३) देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रियस्तरमा तृतीय भई राष्ट्रिय सिल्ड, ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री नारायण माध्यमिक विद्यालय, रुमाल गाँउ, कुमाख –२, सल्यान ।

    निजी लगानीका विद्यालयतर्फः 

    १) देशभरका निजी लगानीका (संस्थागत) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा प्रथम भई राष्ट्रिय शिल्ड, ध्वजा र रू ३,००,०००।–(तीन लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री प्रसादी एकेडेमी माध्यमिक विद्यालय, तफाल्होः, ललितपुर–५, ललितपुर।

    २) देशभरका निजी लगानीका(संस्थागत) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा द्धितीय भै राष्ट्रिय शिल्ड, ध्वजा र रू २,००,०००।–(दुई लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री सेन्ट जेभियर्स कलेज, माइतिघर, काठमाण्डौ–४, काठमाण्डौ ।

    ३)देशभरका निजी लगानीका (संस्थागत) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उतीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा तृतीय भै राष्ट्रिय सिल्ड, ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री बूढानीलकण्ठ स्कूल, नारायणस्थान, बूढानीलकण्ठ–५, काठमाडौँ ।

    प्राविधिक शिक्षालयतर्फः 

    १) प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा

    सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्को आङ्गिक शिक्षालयः श्री कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर, रूपन्देही ।

    २) प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा

    सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्बाट सम्बन्धन प्राप्त गरी साझेदारीको रूपमा सञ्चालित  शिक्षालयः श्री  मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा, मोरङ ।

    ३) प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्बाट अनुमति प्राप्त गरी निजी स्तरमा प्राविधिक शिक्षा सञ्चालन गर्ने संस्थाः श्री लाईफ लाइन अस्पताल प्रालि, दमक, झापा।

    ४) शिक्षण संस्थाको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने विद्यालषलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने सामुदायिक विद्यालयः श्री आदर्श माध्यमिक विद्यालय, विराटनगर, मोरङ।

    ५) क्याम्पसतर्फः 

    १) विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमध्ये राष्ट्रियस्तरमा उत्कृष्ट भई रू २,५०,०००।–(दुई लाख पचास हजार मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसः श्री पुल्चोक क्याम्पस, ललितपुर ।

    २) विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमध्ये राष्ट्रिय स्तरमा उत्कृष्ट भै रू २,५०,०००।–(दुई लाख पचास हजार मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसः श्री लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, रूपन्देही ।

    ३) राष्ट्रिय स्तरमा उत्कृष्ट भै रू २,५०,०००।–(दुई लाख पचास हजार मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसः श्री काठमाण्डौ मोडेल कलेज, बागबजार, काठमाण्डौ।

     समाज कल्याण शिक्षा पुरस्कारतर्फ 

    १)सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भइ रू ३,००,०००।–(तीन लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेः श्री एसओएस बालग्राम, मध्यपुर ठिमी–२, भक्तपुर ।

    २) सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भई रू ३,००,०००।–(तीन लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेः श्री कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर–४, सुर्खेत।

    ३)बालबालिका, एचआईभी एड्स सङ्क्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषण सहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुयाएका व्यक्तिहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनोट भई रु. १,००,०००।–(तीन लाख मात्र) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने : श्री माला खरेल, अध्यक्ष, बाल सारथी एकेडेमी, काठमाडौँ-८, काठमाडौं ।

    प्रकाशित : मंगलबार, २ असोज २०८० , ०२:४३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend