लोकसारथि संवाददाता, काठमाडौं ।
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण र हतियार लुटपाटमा संलग्न रहेका अभियुक्तलाई अदालतले धरौटीमा र साधारण तारेखमा छाड्ने आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले आइतबार तीन जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार दोलखाको शैलुङ गाउँपालिका–१ का ४८ वर्षीय गौतम घिसिङलाई दुई लाख रुपैयाँ धरौटी, सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका धिरज थापालाई एक लाख रुपैयाँ धरौटी, पाल्पा रम्भा गाउँपालिकाका विवेक बस्नेतलाई पचास हजार रुपैयाँ धरौटी र नवीन राईलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो।
घिसिङले बयानमा आफू सहितका आन्दोलनकारीहरूले भीएस निकेतन कलेजको पाँचौँ तलामा पुगेका प्रहरीलाई तल ओरालेर गालीगलौज र धम्की दिँदै पोसाक खोल्न लगाएको, बागमतीमा हाम फाल्न बाध्य पारेको र ढुंगामुढा गरी कुटपिट गरेको स्वीकार गरेका थिए।
अदालतको आदेशमा उल्लेख भएअनुसार, घिसिङमाथि यसअघि पनि बैंकिङ कसुरका दुई मुद्दा दर्ता भएका छन्। उनीमाथि २०७९ असोज ४ र २०७९ फागुन १० मा बैंकिङ कसुरसम्बन्धी मुद्दा प्रहरी वृत्त गौशालामा दर्ता गरिएको थियो।
जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्नहरूलाई धरौटीमा छोड्ने अदालतको निर्णयबारे आम नागरिक र कानुनी समुदायबीच विभिन्न प्रतिक्रिया आइरहेका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
