logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ

क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ


  • आइतबार, पुष १३ २०८२
  • 858
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेका छन्। क्यासिनोभित्र अवैध रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार च्यानलाई शुक्रबार राति पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा क्यासिनोले ‘इभेन्ट’को नाममा नेपाली नागरिकलाई भित्र प्रवेश गराई प्रविधिको प्रयोगमार्फत ठूलो रकमको हार–जित गराएको खुलेको प्रहरीले जनाएको छ।

    यसअघि सोही क्यासिनोबाट चार जना भारतीय नागरिक र दुई जना नेपाली महिलालाई पनि पक्राउ गरिएको थियो। उनीहरूमाथि समेत अवैध रूपमा जुवा सञ्चालनमा संलग्न भएको आरोप छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    नेपालको कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको छ। तर पछिल्लो समय केही क्यासिनोहरूले विभिन्न बहानामा नेपालीलाई भित्र्याई अवैध गतिविधि सञ्चालन गरिरहेको भन्दै प्रहरी तथा सरोकारवाला निकायले निगरानी कडा बनाएका छन्।

    प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा क्यासिनो व्यवस्थापनको भूमिकाबारे समेत थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रकाशित : आइतबार, १३ पुष २०८२ , ०१:११ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend