logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

गौशालामा ज्येष्ठ महिलाको शव उखु बारीमा फेला, अनुसन्धान जारी

गौशालामा ज्येष्ठ महिलाको शव उखु बारीमा फेला, अनुसन्धान जारी


  • शनिबार, माघ १७ २०८२
  • 637
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१, रामनगरकी ७३ वर्षीया ज्येष्ठ नागरिक रासो देवी यादवको शव ०८२ माघ १६ गते घर नजिकैको उखु बारीमा निवस्त्र अवस्थामा फेला परेको छ।

    इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर रमेश लामाका अनुसार रासो देवी माघ १४ गते राति घरमै सुतिरहेको अवस्थामा बेपत्ता भएकी थिइन्। घटनापछि उनका छोरा हरी यादवले माघ १५ गते इलाका प्रहरी कार्यालय गौशालामा बेपत्ताको उजुरी दिनुभएको थियो।

    परिवारजन तथा स्थानीयवासीले संयुक्त रूपमा खोजतलास गर्ने क्रममा माघ १६ गते बिहान उनको शव उखु बारीमा फेला परेको इन्स्पेक्टर लामाले जानकारी दिनुभयो।

    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटनाको कारण तथा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ।

    प्रकाशित : शनिबार, १७ माघ २०८२ , ०२:२१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend