logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

लागूऔषधसहित पाँच जना पक्राउ

लागूऔषधसहित पाँच जना पक्राउ


  • आइतबार, पुष २८ २०८१
  • 598
    SHARES

    काठमाडौं – देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १५ किलो ७ सय ग्राम सहित मनहरी गाउँपालिका-३ सिद्दकाली बस्ने ४० वर्षीय बाबु बल समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट बारातर्फ जाँदै गरेको ना.५ ख ५१२९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो।


    सिराहाको लहान नगरपालिका-१ पानीटंकीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल र बुप्रेनोर्फिन ३० एम्पुल सहित सोही नगरपालिका-१ बस्ने ४५ वर्षीय दयाराम ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। 

    यस्तै मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-७ बस्ने २२ वर्षीय विवश राई र २७ वर्षीय निरज चौधरी रहेका छन्। 

    लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। उनीहरूमाथी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित : आइतबार, २८ पुष २०८१ , १२:३२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend