logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सम्बन्धका हिसाब-किताब, एक ऋण (कविता)

सम्बन्धका हिसाब-किताब, एक ऋण (कविता)


  • बिहिबार, साउन १ २०८२
  • 3.5K
    SHARES

    सम्बन्धका हिसाब-किताब, एक ऋण (कविता)

    ऋण भनेको पैसाको मात्र नसम्झनु होस्
    कसैको गुनको ऋण हुन्छ

    कसैको बैगुन्यको ऋण हुन्छ।
    हजारौँ मान्छेको बचनको ऋण हुन्छ
    लाखौँको कसमको ऋण पनि हुन्छ
    र ऋणहरू ब्याजसहित तिरिन्छन्,

    हामीले बोलेका शब्दहरू, नबोलेका वाचा,
    भेट नभएका अनुहारहरू,
    अधुरा रहेका स्पर्शहरू —
    सबैको आफ्नै प्रकारको ऋण हुन्छ।

    तिमीले बोलेका शब्दहरू, लगाएका झूटा आरोपहरू
    कपोकल्पित मान–सम्मानमा आँच आउने बाणहरू
    नदेखिने गरी खनेका खाडलहरू
    नसुन्ने गरी बोलेका भेदहरू —
    सबैको आफ्नै प्रकारको ऋण हुन्छ।

    यी ऋणहरू
    न बैंकमा लेखिन्छन्, न त कागजमा साँचिन्छन्,
    तर आत्मामा गहिरो खाल्टो पारेर बस्छन्।

    र समय आउँछ —
    जुन दिन ब्याजसहित तिर्नुपर्ने हुन्छ,
    कसैले पश्चात्तापमा, कसैले सम्झनामा,
    कसैले आँसुसँग, अनि कसैले मौनतामा…

    त्यसैले कहिल्यै नबिर्सिऊ —
    ऋण भनेको केवल पैसा होइन,
    कहिलेकाहीँ त आत्मा नै गिरवी रहन्छ…!!

    प्रकाशित : बिहिबार, १ साउन २०८२ , ०६:४७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend