logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड पुनः अवरुद्ध

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड पुनः अवरुद्ध


  • बिहिबार, कार्तिक १३ २०८२
  • 858
    SHARES

    काठमाण्डू, अक्टोबर ३० (रासस) पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड पुनः अवरुद्ध भएको छ।

    पहिले नै मर्मतका कारण एकतर्फी रूपमा सञ्चालनमा रहेको उक्त सडक आज बिहानदेखि परेको वर्षाका कारण पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।

    दाउन्ने खण्डअन्तर्गत बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोला नजिकको सडक खण्डमा यातायात अवरुद्ध भएको हो।

    सुचना अधिकारी नेपालका अनुसार, बिहानदेखि परेको वर्षापछि सडक हिलो र चिप्लो बनेकाले सवारीसाधनहरू पश्चिमतर्फ गइरहन नसकेका छन्।

    प्रकाशित : बिहिबार, १३ कार्तिक २०८२ , १०:३६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend