logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

फर्जी शैक्षिक प्रमाणपत्रको कसुरमा सांसद सुनिल शर्मा पक्राउ

फर्जी शैक्षिक प्रमाणपत्रको कसुरमा सांसद सुनिल शर्मा पक्राउ


  • बिहिबार, साउन २५ २०८०
  • 1.4K
    SHARES

    काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई फर्जी शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो । प्रहरी स्रोतले खुलाए अनुसार भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको  छ।

    उक्त प्रमाणपत्रका आधारमा उनले MBBS अध्ययन गरेका थिए । उनी मेडिकल कलेज सञ्चालक पनि हुन् । सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए। मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।

    प्रकाशित : बिहिबार, २५ साउन २०८० , ०५:२९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend