Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

IME Pay लाई क्यानको टिकेटिङ्ग अधिकार

IME Pay लाई क्यानको टिकेटिङ्ग अधिकार


  • बिहिबार, असोज १८ २०८०
  • 1.3K
    SHARES

     

    काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले टिकेटिङ्ग अधिकार आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) लाई बेचेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच क्यानले आगमी दुई वर्षको लागि IME PAY लाई उक्त अधिकार बेचेको छ ।

    IME PAY ले उक्त अधिकार दुई वर्षको लागि डेढ करोड रुपैयाँमा किनेको हो । क्यानले वार्षिक ७५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।क्यानका सचिव पारस खड्का र IME का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सम्झौता पत्रका हस्ताक्षर गर्दै एकअर्कामा आदन प्रदान गरेका थिए ।

    सम्झौता अनुरूप आई एम ईले दुई वर्षको समय अवधिका लागि क्यानले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलहरुको टिकेटिङ्ग पार्टनरका रुपमा काम गर्नेछ । नेपालमा हरेक वर्षमा ३० भन्दा बढी अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने लक्ष्य भएको क्यानका सचिव पारस खड्काले बताएका छन् ।

    क्यानले टिकट मूल्यबाट बिक्री हुने कुल पैसाको ८७.५ प्रतिशत रकम पाउनेछ । IME PAY ले १२.५ प्रतिशत टिकटको मूल्य आफूसँग राख्नेछ ।

    ‘हामी एउटा महा अभियानमा छौं । जसको मुख्य लक्ष्य नेपालमा हुने सबै कारोबार डिजिटल गर्ने हो । यसले सबै अपराधहरु अन्त्य गर्नेछ । क्रिकेटले सबै नेपालीलाई एकता बनाएर राखेको छ । हामी सोमपाल कामी र करण केसीलाई ब्रान्ड एम्बास्डरमा नियुक्त पनि गरेका छौं’, IME PAY का प्रमुख प्रविण रेग्मीले सम्झौता पत्रमा भने ।

    पारस खड्काले अव क्यान IME ग्रुपसँग पनि जोडिने बाटो खुलेको बताएका छन् । ‘IME PAY लाई हृदय देखि धन्यवाद । अव क्यानलाई IME ग्रुपसँग पनि जोडिने बाटो खुलेको छ । यो सम्झौता हामिले गरेका छौं । किकेटिङ्ग साझेदारको लागि हामीले अरु कम्पनीसँग पनि कुरा गरेका थियौं । तर अरुले भन्दा आइएमई पे ले राम्रो पैसा दिनु भएको छ’, पारसले सम्झौता कार्यक्रममा भने ।

    प्रकाशित : बिहिबार, १८ असोज २०८० , ०८:२७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend