Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

श्रमदानबाट बाँझो जमिन करेसाबारीमा रुपान्तरण

श्रमदानबाट बाँझो जमिन करेसाबारीमा रुपान्तरण


  • सोमबार, माघ ८ २०८०
  • 2.2K
    SHARES

    म्याग्दी- म्याग्दीको मङ्गला गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रुपान्तरण गरेका छन् ।

    मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती गरेर हराभरा बनाएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यायमका लागि फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले करेसाबारीमा श्रमदान गर्ने गरेको बताए ।

    ‘कृषि र प्राविधिक शाखाका कर्मचारीको आवास भवन परिसरको यो बगर पहिले झाडी थियो । झाडी फाडेर खनजोत गरी करेसाबारी बनाएका हौँ’, उनले भने, ‘करिब दुई रोपनी क्षेत्रफल बाँझो जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गरेका छौँ ।’

    शारीरिक व्यायम, फुर्सदको समय सदुपयोग, उत्पादन वृद्धि र घरायसी तरकारीमा आत्मनिर्भर बन्‍नका लागि सन्देश प्रवाह गराउन गत वैशाखमा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले श्रमदान अभियान सुरु गरेका थिए ।

    अधिकृत पौडेलको अभियानमा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष पेमा अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र बाबियाचौरका बासिन्दाले साथ दिएका छन् । फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारी कुटो कोदालो हातमा लिएर करेसाबारीमा काम गरेको भेटिन्छन् ।

    बर्खायाममा सिमी, लौका खेती भएको थियो । हिउँदमा बन्दा र काउली उत्पादन हुन थालेको छ । प्याज, लसुन, धनियाँ र साग खेती गरिएको छ । कार्यालय समयबाहेकको साँझ, बिहानको फुर्सद, शनिबार र अन्य सार्वजनिक बिदाका दिन करेसाबारीमा श्रमदान गर्ने गरिएको कृषि शाखाका प्राविधिक जगत बानियाँले बताए ।

    करेसाबारीको डिलतर्फ घेराबार गर्न गाउँपालिकाले रु ३७ हजार खर्च गरेको छ । अन्य सबै काम श्रमदानबाट गरिएको प्रशासकीय अधिकृत पौडेलले बताए । प्रत्येक शनिबार बिहान ७ देखि १० बजेसम्म श्रमदानका लागि सहभागी हुन आग्रह गरिएको छ ।

    उत्पादन भएको तरकारी जनप्रतिनिधि र कर्मचारीले उपभोग गर्दछन् । घरायसी उपभोगका लागि आफैँतरकारी उत्पादन गर्नुपर्ने सन्देश दिन खोजिएको कृषि प्राविधिक बानियाले बताए । प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी खेती गरिएको हो । रोगकिरा नियन्त्रणका लागि पनि जैविक विषादीको प्रयोग गरिएको करेसाबारीलाई प्रदर्शनीस्थलको रुपमा विकास गर्ने योजना रहेको छ ।

    व्यावसायिक तरकारी खेतीबाट आयआर्जनका अलावा करेसाबारी बनाएर घरायसी उपभोगका लागि तरकारी खरिद घटाउन सकिन्छ । व्यायमका लागि करेसाबारीको काम गर्दा स्वस्थ्य र शारीरिक तन्दुरुस्त हुने अनुभव जनप्रतिनिधि र कर्मचारीले सुनाए । रासस

    प्रकाशित : सोमबार, ८ माघ २०८० , १०:२४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend