Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

कर्मचारीका कारण नेपालको विमानस्थल बदनाम

कर्मचारीका कारण नेपालको विमानस्थल बदनाम


  • बुधबार, माघ १० २०८०
  • 910
    SHARES

    काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले कर्मचारीका कारण विमानस्थल बदनाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

    बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नवनिर्मित आन्तरिक टर्मिनल भवनको उद्घाटन गर्दै मन्त्री किराँतीले विमानस्थलबाट हुने सुन लगायतका तस्करीमा कर्मचारीको पनि संलग्नता देखिएको भन्दै कर्मचारीका कारण विमानस्थल बदनाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन् ।

    देशको निम्ति इज्जत जोगाईदिने काम गर्न उनले आग्रह गरे । उनले देश र जनतालाई अग्रभागमा राखेर काम गर्ने भन्दै विमानस्थलको सुधारका लागि निरन्तर काम गर्ने बताए । मन्त्री किराँतीले मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाएर जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे ।

    पुरानो आन्तरिक आगमन टर्मिनल भवन सानो भएकाले सेवाग्राहीलाई समस्या परेका कारण भवनबाट सेवा सुरु गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले पार्किङ क्षेत्रमा देखिएको समस्या पनि समाधान गर्दै लैजाने जानकारी दिएको छ ।

    प्रकाशित : बुधबार, १० माघ २०८० , ०७:३४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend