logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

जनयुद्ध मेटाउने दुस्साहस गर्ने खरानी हुन्छ: अध्यक्ष प्रचण्ड

जनयुद्ध मेटाउने दुस्साहस गर्ने खरानी हुन्छ: अध्यक्ष प्रचण्ड


  • बिहिबार, फाल्गुन १ २०८१
  • 624
    SHARES

    काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरू आफैं खरानी हुने चेतावनी दिएका छन्।

    बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३०औं ‘जनयुद्ध दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले हजारौँ शहीदहरूको बलिदान र बेपत्ताहरूको त्यागले सिञ्चिएको जनयुद्ध कहिल्यै समाप्त नहुने दाबी गरे।

    ‘कसैले मेटाएर यो मेटिने छैन। जसले मेटाउने दुस्साहस गर्छ, उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ,’ प्रचण्डले भने। उनले ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसकै रूपमा अगाडि बढाउनुपर्ने बताए।

    उनका अनुसार, जनयुद्धले उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक योगदान पु¥याएको छ। ‘जनयुद्ध’ शब्दलाई विकृत पार्ने प्रयास भइरहे पनि यसलाई नेपाली जनताको युगान्तकारी अभियानका रूपमा स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने उनको भनाइ छ।

    ‘यसलाई राष्ट्रिय दिवसकै रूपमा हामीले अगाडि लैजानुपर्छ। जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरू भएका छन्। त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानका रूपमा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धका रूपमा स्थापित गर्न हामीले निरन्तर प्रयास गर्नुपर्छ,’ प्रचण्डले भने।

    उनले प्रतिक्रियावादी शक्तिहरूले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेक गतिविधि गरिरहेको आरोप पनि लगाए।

    प्रकाशित : बिहिबार, १ फाल्गुन २०८१ , ०७:४४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend