काठमाडौँ- सत्तारुढ गठबन्धनको उच्चस्तरीय संयन्त्रले जसरी भए पनि अध्यादेश पारित गर्ने निष्कर्ष निकालेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा अध्यादेशबारे कुनै समस्या नरहेको रिपोर्टिङ गरिएको थियो।
लोसपा नेपाल र जसपा नेपालले अध्यादेशको विपक्षमा अभिव्यक्ति दिए तापनि सत्तारुढ दलहरूले उक्त अध्यादेश पारित गर्नुपर्ने निष्कर्ष निकालेका छन्। विशेष गरी भूमिसम्बन्धी अध्यादेशको विरोध दुई मधेश केन्द्रित दलहरूले गरिरहेका छन्। यद्यपि, संयन्त्रको बैठकमा नेताहरूले यसको विकल्प खोजेर भए पनि अघि बढाउनुपर्ने धारणा राखेका छन्।
सत्ता गठबन्धनभित्र नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रलाई समेत सरकारले साथमा लिन पहल गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ। शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस नेताहरूको बैठकमा पनि एकीकृत समाजवादीलाई अध्यादेशमा सहयोगका लागि आग्रह गर्नेबारे छलफल भएको थियो।
बालुवाटारमा बसेको संयन्त्र बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको उपस्थिति रहेको थियो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
