logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

ट्रम्प-जेलेन्स्की बहसले विश्वलाई ततायो : युरोपमा असन्तोष

ट्रम्प-जेलेन्स्की बहसले विश्वलाई ततायो : युरोपमा असन्तोष


  • शनिबार, फाल्गुन १७ २०८१
  • 572
    SHARES

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार भएको भेटवार्ताको नोंकझोक र अमेरिकाले देखाएको व्यवहारपछि विश्व राजनीति तरंगित भएको छ । ह्वाइट हाउसमा भएको वार्ताका क्रममा जेलेन्स्कीलाई ट्रम्पले गरेको व्यवहारका कारण पुरै युरोप असन्तुष्ट बनेको छ ।

    रुस–युक्रेन युद्ध अन्त्यका लागि यी दुई शीर्ष नेताबीचको भेटलाई लिएर निकै चासोका रुपमा हेरिएको थियो । कतिपयले यसलाई युद्ध अन्त्यको निकास निस्किने निकाल्ने प्रस्थान भेट हुनसक्ने आँकलन पनि गरेका थिए । तर वार्ताका ठ्याक्कै त्यसको उल्टो मात्रै भएन, सामान्य कुटनीतिक व्यवहार पनि प्रकट भएन ।

    ट्रम्पले जेलेन्स्कीलाई कि सम्झौता गर्नुस् नत्र छाडिदिनुस् भन्ने धम्कीपूर्ण प्रस्तावपछि विश्वभर यो वार्ताबारे बहस भइरहेको छ । खनिज सम्झौता हुने भनिए पनि वार्ताले चर्को रुप लिएपछि अब रुस–युक्रेनबीचको संघर्षले अन्त्य पाउने आशा कम हुँदै गएको छ ।

    भेटअघि ट्रम्पले जेलेन्स्की अमेरिकासँग एक ठूलो सम्झौता गर्नका लागि अमेरिका आउने बताएका थिए ।

    प्रकाशित : शनिबार, १७ फाल्गुन २०८१ , ०७:३२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend