logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री ओली र जियानलुइजी बुफनबीच भेट

प्रधानमन्त्री ओली र जियानलुइजी बुफनबीच भेट


  • सोमबार, फाल्गुन १९ २०८१
  • 1K
    SHARES

    लोकसारथि, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफनबीच आज भेटवार्ता भएको छ। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन समारोहका प्रमुख अतिथिका रूपमा नेपाल आएका बुफनलाई प्रधानमन्त्री ओलीले बालुवाटारस्थित आफ्नो निवासमा स्वागत गरेका हुन्।

    भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे तथा बुफनका परिवारका सदस्यहरू पनि सहभागी थिए।

    तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको थियो। उक्त प्रतियोगिताको समापन आज साँझ दशरथ रंगशालामा हुने कार्यक्रम रहेको छ। अन्तर्राष्ट्रिय फुटबल स्टार बुफनको उपस्थितिले नेपाली फुटबलप्रेमीहरूमा उत्साह थपेको छ।

    प्रकाशित : सोमबार, १९ फाल्गुन २०८१ , ०६:२८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend