जेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खर्च नियन्त्रण गर्न स्वेच्छिक अवकाश (भिआरएस) योजना अघि सारेको छ। डब्लुएचओको सबैभन्दा ठूलो आर्थिक सहयोगी संयुक्त राज्य अमेरिका बाहिरिने तयारीमा रहेकाले खर्च कटौतीको उपाय अपनाइएको हो।
डब्लुएचओले शुक्रबार इमेलमार्फत जारी गरेको विज्ञप्तिमा, “स्वेच्छिक अवकाश प्याकेज सबै कार्यस्थलका कर्मचारीहरूलाई प्रस्ताव गरिएको छ। यो योजना ५५ वर्षभन्दा माथिका कर्मचारीहरूका लागि लक्षित गरिएको छ र स्वीकार गर्नेहरूले जुलाई १५ भित्र संस्थाबाट बाहिरिनु पर्नेछ,” उल्लेख गरिएको छ।
सामान्यत: डब्लुएचओले आफ्नो वार्षिक कुल बजेटको करिब पाँच भागमध्ये एक भाग अमेरिकाबाट प्राप्त गर्ने गरेको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका डब्लुएचओबाट बाहिरिने घोषणा गरेपछि संगठनलाई खर्च कटौतीका उपाय अपनाउन बाध्य पारिएको हो।
अमेरिकाले डब्लुएचओको एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रमका लागि ७५ प्रतिशत सहयोग प्रदान गर्दै आएको थियो। यस्तै, २०२४-२५ को बजेट अवधिमा क्षयरोग विरुद्धको अभियानका लागि आवश्यक रकमको आधाभन्दा बढी हिस्सा अमेरिकाले उपलब्ध गराउँदै आएको थियो।
अमेरिकाको सम्भावित बहिर्गमनपछि डब्लुएचओको बजेट व्यवस्थापन जटिल बन्ने देखिएको छ। यस्तो अवस्थामा संगठनले वैकल्पिक वित्तीय स्रोत खोज्ने प्रयास गर्ने जनाइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
