सांसद विश्वकर्माको चेतावनी : गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पार्दै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई अझै सबल बनाउन आवश्यक रहेको बताएका छन्।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले केही व्यक्तिहरूले राजालाई डोर्याएर नारायणहिटी लैजाने अभिव्यक्ति दिइरहेकोप्रति आपत्ति जनाए। उनले यस्ता गतिविधिहरूप्रति सचेत रहन सरकारको ध्यानाकर्षण गराउँदै भने, “गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।”

सांसद विश्वकर्माले सप्तरीको पूर्वी भेगका किसानहरू वन्यजन्तु आरक्षबाट प्रभावित भएको र उनीहरूले लगाएको बाली आरक्षका जनावरहरूले नष्ट गरिरहेको गुनासो गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले बाली संरक्षणका लागि ‘हाइ प्वाइन्ट’ निर्माण गर्न माग गरेका छन्।

“कोशी किनार क्षेत्रका किसानहरूले हरेक वर्ष सास्ती खेप्दै आएका छन्। हरेक रात बाली नष्ट भइरहेको छ, जङ्गली जनावरको त्रासले किसानहरू गोठालो गर्न सक्दैनन्,” उनले भने, “त्यसैले जनावर र किसानको बाली संरक्षणमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.