रोल्पामा स्ववियु निर्वाचनमा एमाले र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको तालमेल

लोकसारथि, २९ फागुन । रोल्पामा आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनले तालमेल गर्ने घोषणा गरेका छन्।

नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक उपलब्धी मानिएको स्ववियुलाई अझ प्रभावकारी बनाउने उद्देश्यले, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बीच सहकार्यको निर्णय गरिएको हो।

रोल्पा क्याम्पसका अध्यक्ष सूर्य विक र सनिदेवल बुढा मगरले संयुक्त विज्ञप्ति जारी गर्दै भने, “वामपन्थी विचारधाराले प्रेरित विद्यार्थी संगठनहरूले स्ववियुलाई सञ्चालन गर्दा यसलाई अझ प्रभावकारी बनाउन सकिन्छ। यसै कारण, दुबै संगठनले तालमेल, सहकार्य र एकताको आवश्यकतालाई महशुस गर्दै यो निर्वाचनमा संयुक्त ढंगले अगाडि बढ्ने सहमति गरेका छन्।”

यस तालमेलका अनुसार, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चार क्याम्पसमा संयुक्त प्यानल बनाइनेछ।

भागबन्डा अनुसार:

  • नव नेपाल क्याम्पसमा अनेरास्ववियुलाई अध्यक्ष, सहसचिवसहित २ सदस्य र अखिल क्रान्तिकारीलाई उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित ४ सदस्य दिइने सहमति भएको छ।
  • जलजला क्याम्पसमा अनेरास्ववियुले उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित सदस्य र अखिल क्रान्तिकारीले अध्यक्ष, सहसचिवसहित सदस्य लिने सहमति भएको छ।
  • रोल्पा नमुना क्याम्पसमा एक सदस्य बाहेक सबै उम्मेदवार अखिल क्रान्तिकारीका हुनेछन्।
  • शहिद स्मृति क्याम्पसमा मात्र अखिल क्रान्तिकारीलाई सहयोग गर्ने निर्णय गरिएको छ।

यस तालमेलले रोल्पामा विद्यार्थी आन्दोलनको भविष्यलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.