लोकसारथि, ०१ चैत । नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। पार्टीको महासचिव घनश्याम भुसालले पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरे। भुसालले यो आन्दोलन देशको समृद्धि र सामाजिक न्यायका लागि गरिएको बताउँदै भने, “हामी यो आन्दोलन राजनीतिलाई सत्ताको खेल र आगामी चुनावको जोड-घटाउबाट मुक्त गर्दै बेरोजगारी र कुशासनको विरुद्ध उठाएका छौं।”
उनले आन्दोलनलाई एक क्रान्तिकारी पहलकदमी भनेर वर्णन गर्दै, राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्ने उद्देश्यले सहकार्य र एकताको अभियान सुरु गरिएको उल्लेख गरे।
आन्दोलनको पहिलो चरण भनेको यो छ:
- चैत्र १ गते पत्रकार सम्मेलन
- चैत्र २-६ सम्म मातहत कमिटीहरूमा छलफल
- चैत्र ७-१५ सम्म केन्द्रीय तहमा विभिन्न संघ-संस्थाका व्यक्तिहरूसँग सम्वाद र सुझाव संकलन
- चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने
- चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद र सुझाव संकलन
- वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने
- वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद र सुझाव संकलन
- वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेश गर्ने
- वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने
नेकपा एकीकृत समाजवादीको आन्दोलनले बेरोजगारी र कुशासनको विरुद्ध जनचेतना फैलाउने उद्देश्य राखेको छ।
Post Views: 4