logo

सोमबार, ११ साउन २०८३

सोमबार, साउन ११ २०८३

नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै नेविसंघको रिले अनशन सुरु

नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै नेविसंघको रिले अनशन सुरु


  • बुधबार, चैत्र ६ २०८१
  • 767
    SHARES

    काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाल ल क्याम्पसमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनको प्रक्रिया अघि बढाउन माग गर्दै रिले अनशन सुरु गरेको छ।

    नेविसंघले विभिन्न चार बुँदे माग राख्दै स्ववियुको आवधिक निर्वाचन सुनिश्चित गर्न, निर्वाचन कार्यतालिका सार्वजनिक गर्न, विद्यार्थीको मताधिकार सुनिश्चित गर्न तथा स्ववियु निर्वाचन निर्देशिका कार्यान्वयन गर्न माग अघि सारेको छ।

    नेविसंघले ५ चैतमा तोकिएको स्ववियु चुनाव एक निश्चित संगठनको आन्तरिक विवादका कारण अवरुद्ध भएको आरोप लगाउँदै चुनावी प्रक्रिया तत्काल अघि बढाउन माग गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले क्याम्पस प्रशासन र निर्वाचन समितिले निर्वाचन गराउन कुनै तत्परता नदेखाएको आरोप लगाएको छ।

    नेविसंघले जबसम्म चुनावी प्रक्रिया अघि बढाइँदैन, तबसम्म रिले अनशन जारी रहने चेतावनी दिएको छ।

    प्रकाशित : बुधबार, ६ चैत्र २०८१ , ०१:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend