logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सकिने: कमला तुलाधर

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सकिने: कमला तुलाधर


  • शुक्रबार, चैत्र ८ २०८१
  • 741
    SHARES

    लोकसारथि, ८ चैत । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका पूर्वअध्यक्ष कमला तुलाधरले वर्तमान सरकारले इच्छाशक्ति देखाएमा विद्यालय शिक्षा विधेयकलाई संसद्बाट पारित गरी ऐनका रूपमा तत्काल कार्यान्वयन गर्न सकिने बताएकी छन्।

    नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सुरु भएको रिले अनशनमा सहभागी हुँदै पूर्वअध्यक्ष तुलाधरले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता ठूला दलको सरकार भएकाले शिक्षा ऐन ल्याउन सक्ने सम्भावना बलियो रहेको बताइन्।

    “दुई ठूला पार्टी मिलेर बनेको शक्तिशाली सरकार छ। अहिले जे गरौं भने पनि सकिन्छ। शिक्षा ऐन ल्याउन नेकपा माओवादी केन्द्रले पनि ठूलो सहयोग गर्ने विश्वास गरेका छौं। शिक्षक, कर्मचारीहरू, गुणस्तरीय शिक्षाको सवालमा सरकारसँग पटकपटक भएका सहमति, सम्झौताहरू कार्यान्वयन गर्न नसकिने गरी शिक्षा विधेयक आएको छैन,” उनले भनिन्।

    तुलाधरले सरकारले शिक्षा ऐन ल्याउने प्रतिबद्धता जनाएमा सरकारको प्रशंसा गर्ने दिन आउने उल्लेख गरिन्। साथै, उनले शिक्षक तथा कर्मचारीहरूको सेवासुविधाका लागि मात्र नभई विद्यार्थी, अभिभावक, र सार्वजनिक शिक्षाको सुधारका लागि महासंघले आन्दोलन गर्दै आएको स्पष्ट पारिन्।

    प्रकाशित : शुक्रबार, ८ चैत्र २०८१ , ०१:२३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend