logo

सोमबार, २९ भाद्र २०८३

सोमबार, भाद्र २९ २०८३

संघीय संसद अन्तर्गतको तीन समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गतको तीन समितिको बैठक बस्दै


  • शुक्रबार, चैत्र २२ २०८१
  • 819
    SHARES

    काठमाडौं। संघीय संसद अन्तर्गतको तीन समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसर, सिंहदरवारमा बस्नेछ।

    जसअनुसार अर्थ समितिको बैठकमा आगामी आ.व.२०८१-८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ।

    ​गत चैत १५ गते राजावादीको प्रदर्शनमा काठमाण्डौको तीनकुनेमा मिति २०८१ चैत्र १५ गतेको घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ। सो बैठक पनि बिहान ११ः०० बजे बस्नेछ।

    उता, विधायन व्यवस्थापन समितिमा भने पुरानै अजेन्डा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ।

    प्रकाशित : शुक्रबार, २२ चैत्र २०८१ , ०७:५१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend