logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

विद्यार्थी र कृषकलाई लक्षित गर्दै मत्स्य घुम्ती शिविर तथा शिक्षा कार्यक्रम सञ्चालन

विद्यार्थी र कृषकलाई लक्षित गर्दै मत्स्य घुम्ती शिविर तथा शिक्षा कार्यक्रम सञ्चालन


  • आइतबार, चैत्र २४ २०८१
  • 1.8K
    SHARES

    कुलेखानी, मकवानपुर – माछापालन प्रवर्द्धन गर्ने उद्देश्यसहित कुलेखानीस्थित मत्स्य विकास केन्द्रले विद्यार्थी तथा कृषक लक्षित मत्स्य घुम्ती शिविरविद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ।

    इन्द्रसरोवर गाउँपालिका–४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नं. १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा केन्द्रले माछापालनसम्बन्धी शिक्षामूलक कार्यक्रम सञ्चालन गरेको हो।

    मत्स्य केन्द्रकी प्रमुख मनिता पौडेलका अनुसार कालिका माविमा आयोजित कार्यक्रममा २४ जना विद्यार्थी९ जना विद्यालय कर्मचारीलाई माछापालनका विधि, नेपालको मत्स्य क्षेत्रको अवस्था, पाल्न सकिने माछाका जात, पोषणीय महत्त्व तथा प्राकृतिक जलाशयको संरक्षणबारे प्रशिक्षण दिइएको हो।

    माछापालनप्रति कृषकको आकर्षण बढाउन केन्द्रले चितवनको खैरहनी, सिन्धुलीको मरिणनुवाकोटको ककनीमा पनि मत्स्य घुम्ती शिविर सञ्चालन गरेको छ। चितवनको खैरहनीमा आयोजित शिविरमा सुन्दरदीप महिला सहकारी संस्थामा आबद्ध २१ जना कृषक सहभागी थिए।

    त्यस्तै, सिन्धुलीको मरिण–४ सहान र नुवाकोटको ककनीमा आयोजित शिविरमा ६० जना किसानले सहभागिता जनाए। शिविरमा उन्नत जातका माछा पाल्ने तरिका, पोषण, बजार सम्भावना लगायतका विषयमा जानकारी दिइएको थियो भने पोखरी अवलोकनसमेत गरिएको केन्द्र प्रमुख पौडेलले जानकारी दिइन्।

    उनका अनुसार यस्ता कार्यक्रमले गाउँगाउँमा माछापालनप्रति चासो बढाउनुका साथै आत्मनिर्भरता र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    प्रकाशित : आइतबार, २४ चैत्र २०८१ , ०२:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend