logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

राप्रपाको बल्खु प्रदर्शन आज: राजधानीमा उच्च सुरक्षा सतर्कता, ट्राफिक व्यवस्थापनमा कडाइ

राप्रपाको बल्खु प्रदर्शन आज: राजधानीमा उच्च सुरक्षा सतर्कता, ट्राफिक व्यवस्थापनमा कडाइ


  • मंगलबार, चैत्र २६ २०८१
  • 1.2K
    SHARES

    काठमाडौँ, चैत २६ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा भव्य विरोध सभा गर्दैछ। यसका लागि बल्खु क्षेत्रलाई सभा स्थलका रूपमा चयन गरिएको छ। पार्टीले माइतीघर मण्डलादेखि विभिन्न स्थानबाट र्‍याली निकाल्दै बल्खुमा भेला हुने तयारी गरेको हो।

    राप्रपाले पहिले भृकुटीमण्डपलाई सभा स्थलका रूपमा माग गरेको थियो तर सरकारले सुरक्षा कारण देखाउँदै बल्खु वा सिफल क्षेत्र रोज्न आग्रह गरेको थियो। गत चैत १५ गतेको तीनकुने आन्दोलन हिंसात्मक बनेको सन्दर्भलाई समेत ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

    उच्च सुरक्षा सतर्कता र ट्राफिक डाइभर्सन

    आजको प्रदर्शनमा हिंसा नहोस् भनेर प्रहरीले उच्च सतर्कता अपनाएको छ। साथै, काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ट्राफिक महाशाखाले विशेष व्यवस्था मिलाएको जनाएको छ।

    महाशाखाले जारी गरेको सूचना अनुसार, मुख्य डाइभर्सन गरिने क्षेत्रहरू यसप्रकार छन्:

    • खसीबजार – मकालु – कलंकी चोक – बाफल

    • बल्खु चोक – कुलेश्वर – कालीमाटी चोक – टेकु

    • कीर्तिपुर – सुन्दरीघाट – सानेपा – एकान्तकुना

    आवश्यक परे थप डाइभर्सन हुने सम्भावित स्थानहरू: त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सितापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो, कोटेश्वर

    सवारी पार्किङ व्यवस्था

    प्रदर्शनमा सहभागीहरूका लागि सवारी साधन पार्किङ गर्न निम्न स्थानहरू तोकिएको छ:

    • टीयू गेटदेखि चोभार सडक खण्ड

    • सानेपा करिडोर सडक (दुवैतर्फ)

    • चोभार सुख्खा बन्दरगाह

    • नयाँ बसपार्क

    • सितापाइला–बाफल सडक खण्डमा एक लेन

    महाशाखाले सम्भव भएसम्म सार्वजनिक यातायात प्रयोग गर्न र सभा स्थल हुँदै जानुपर्ने सवारी चालकलाई वैकल्पिक मार्ग रोज्न अनुरोध गरेको छ।

    प्रकाशित : मंगलबार, २६ चैत्र २०८१ , १२:०५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend