logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा, शिक्षक आन्दोलनबीच पदत्याग

शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा, शिक्षक आन्दोलनबीच पदत्याग


  • सोमबार, बैशाख ८ २०८२
  • 1K
    SHARES

    लोकसारथि संवाददाता

    शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्। बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटपछि उनको राजीनामा पत्र बुझाइएको हो।

    हालैका दिनमा शिक्षकहरूको आन्दोलन चर्कंदै गएको अवस्थामा उनले पद त्याग गरेकी हुन्। शिक्षक महासंघसँग बारम्बार वार्ता भइरहे पनि ठोस निष्कर्ष ननिस्कँदा मन्त्री भट्टराई चौतर्फी दबाबमा परेकी थिइन्।

    आजै केहीबेरमा बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट उनको राजीनामा स्वीकृत हुने अपेक्षा गरिएको छ।

    शिक्षा क्षेत्रको समस्या समाधान गर्नतर्फ सरकारले खासै ध्यान नदिएको भन्दै शिक्षकहरू लामो समयदेखि आन्दोलनमा छन्। आन्दोलनले तीव्र रूप लिन थालेपछि मन्त्री भट्टराईमाथि असन्तुष्टि बढेको थियो। अन्ततः उनले राजीनामा दिएर पदबाट बिदा लिएकी हुन्।

    प्रकाशित : सोमबार, ८ बैशाख २०८२ , ०५:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend