– लोकसारथि संवाददाता, काठमाडौं ।
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रविन्द्र मिश्रलाई जमानीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रबार सुनुवाइ गर्दै मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो।
सर्वोच्चका उप–रजिष्ट्रार तथा सूचना अधिकारी निराजन पाण्डेका अनुसार मिश्रलाई कानुन व्यवसायीको रहोवरमा जमानीमा छोड्न आदेश दिइएको हो।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादी प्रदर्शन हिंसात्मक बनेपछि मिश्रलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रदर्शनमा सहभागिता, उक्साहट र सार्वजनिक शान्ति भंगको आरोपमा पक्राउ परेका मिश्रले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
सर्वोच्चको आदेशपछि मिश्रको थुनामुक्तिको बाटो खुलेको छ। अदालतको आदेशसँगै राजनीतिक वृत्तमा यो विषय पुनः चर्चाको विषय बनेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
