logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन’ विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेस

‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन’ विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेस


  • बुधबार, जेष्ठ ७ २०८२
  • 1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    राष्ट्रियसभाको आज (बुधबार) बसेको बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदन पेस गरिएको छ। विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभा समक्ष प्रस्तुत गरेकी हुन्।

    बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ प्रतिनिधिसभाबाट पारित भई प्राप्त सन्देश टेबुल गरेका छन्। सो विधेयक राष्ट्रियसभाबाट २०८० साल माघ २९ गते पारित भएको थियो भने प्रतिनिधिसभाबाट यही जेठ गते स्वीकृत भएको हो।

    त्यस्तै, बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा समेत जानकारी गराएका छन्।

    प्रकाशित : बुधबार, ७ जेष्ठ २०८२ , ०३:४२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend