logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

परम्परागत प्रक्रिया तोडेर प्रविधिमा जानुपर्ने मन्त्री पन्तको सुझाव, समावेशी शिक्षाको नीति परिमार्जन हुने

परम्परागत प्रक्रिया तोडेर प्रविधिमा जानुपर्ने मन्त्री पन्तको सुझाव, समावेशी शिक्षाको नीति परिमार्जन हुने


  • शुक्रबार, जेष्ठ ९ २०८२
  • 624
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रद्युजी पन्तले परम्परागत प्रशासनिक प्रक्रिया र प्रविधिको अभावका कारण राज्यका धेरै काम लम्बिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित “समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्र” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पन्तले नयाँ प्रविधिको प्रयोगले कामको प्रक्रियामा गति ल्याउन सकिने धारणा राखे ।

    उनले भने, “शिक्षा एउटा अत्यन्तै आवश्यक र संवेदनशील विषय हो, तर राज्यले प्रदान गर्नुपर्ने न्यूनतम सुविधासमेत दिन सकेको अवस्था छैन । हाम्रो आर्थिक अवस्था कमजोर हुनुका साथै काम गर्ने प्रक्रिया असाध्यै पुरानोपनयुक्त र जटिल छ । परम्परागत प्रक्रियालाई तोडेर प्रविधिमा जान सकेमा कामको प्रक्रिया छोटो र सहज बन्नेछ । तर त्यो रुपान्तरण अझै हुन सकेको छैन ।”

    कार्यक्रममा मन्त्री पन्तले समावेशी शिक्षाको नीतिगत संरचना परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा नीतिका कतिपय प्रावधानहरूमा संशोधन आवश्यक रहेको जनाउँदै, “यदि आजको छलफलले संशोधनको माग गर्छ भने हामी हिच्किचाउने छैनौं, नीतिमा सुधार गर्न तयार छौं,” भने ।

    उनले बनेका राम्रा नीतिहरू कार्यान्वयनमा नआएकोप्रति चिन्ता व्यक्त गरे । “नीति बनाउँछौं तर व्यवहारमा लाग्दैन, फाइलमै थन्किन्छन् । अब त्यसलाई व्यवहारमा उतार्ने बेला आएको छ,” मन्त्री पन्तको भनाइ थियो ।

    कार्यक्रममा सहभागी सरोकारवालाहरूले पनि समावेशी शिक्षालाई अझ प्रभावकारी र व्यवहारमै लागू हुने बनाउन कानुनी, नीतिगत तथा प्राविधिक सुधार आवश्यक रहेको सुझाव दिएका थिए ।

    प्रकाशित : शुक्रबार, ९ जेष्ठ २०८२ , ०२:०४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend