logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुन, चार सल्लाहकार समिति गठन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुन, चार सल्लाहकार समिति गठन


  • सोमबार, असोज ६ २०८२
  • 884
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उनले केशरमहलस्थित मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

    पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रलाई प्रभावकारी बनाउन चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्रालयका अनुसार यी समितिहरूले अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी तथा सूचना प्रविधि र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सल्लाह दिनेछन् ।

    समितिहरूको कार्यक्षेत्रको खाका तयार पारिएको र सदस्यहरूको नाम भने पछि टुंगो लगाइने मन्त्रालयले जनाएको छ ।

    प्रकाशित : सोमबार, ६ असोज २०८२ , ०५:३८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend