logo

सोमबार, २९ भाद्र २०८३

सोमबार, भाद्र २९ २०८३

यातायात व्यवसायीले बढी भाडा असुले तत्काल कारबाही हुने : मन्त्री घिसिङ

यातायात व्यवसायीले बढी भाडा असुले तत्काल कारबाही हुने : मन्त्री घिसिङ


  • बुधबार, असोज १५ २०८२
  • 1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    यातायात तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले स्वीकृत भाडादरभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गरिने चेतावनी दिएका छन् ।

    मन्त्री घिसिङले यात्रुहरूलाई कानून विपरीत बढी भाडा असुलिएको खण्डमा तत्काल जानकारी गराउन आग्रह गरेका छन् । चाडपर्वको अवसरलाई नाफा कमाउने माध्यम बनाउन खोज्ने व्यवसायीहरूको प्रवृत्ति बढेको भन्दै उनले यस्तो कार्य तुरुन्तै रोक्न चेतावनी दिएका हुन् ।

    हालै चाडबाडको मौका छोपी बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने जस्ता गुनासा यात्रुबाट निरन्तर आइरहेको उनको सचिवालयले जनाएको छ । ‘यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडादरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरिएको छ,’ सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हालेका मन्त्री घिसिङले देशको हालको विषम परिस्थितिमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरेका छन् ।

    यस्तै, यात्रुहरूको गुनासा र उजुरी तत्काल स्थानीय सुरक्षा निकाय वा प्रशासनलाई जानकारी गराउन पनि उनले आग्रह गरेका छन् ।

    प्रकाशित : बुधबार, १५ असोज २०८२ , ११:४३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend