logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

जसपाको मधेश अधिवेशन बहिष्कार : अध्यक्ष पदका उम्मेदवार यादवको आरोप– “विधानविपरीत अधिवेशन”

जसपाको मधेश अधिवेशन बहिष्कार : अध्यक्ष पदका उम्मेदवार यादवको आरोप– “विधानविपरीत अधिवेशन”


  • बिहिबार, असोज ३० २०८२
  • 468
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशमा नयाँ नेतृत्व चयनका लागि जारी अधिवेशनलाई एक पक्षले बहिष्कार गरेको छ।

    अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले शुक्रबार अधिवेशन “विधानविपरीत” ढंगले भइरहेको भन्दै आफूले अधिवेशन बहिष्कार गरेको घोषणा गरेका हुन्। उनले भने, “जसपा नेपालको विधानको उल्लङ्घन गर्दै अधिवेशन कर्मकाण्डी रूपमा चलाइएको छ। अर्का उम्मेदवार बालकिशोर यादवले आफूखुशी प्रतिनिधि छनोट गरेकाले हामी सहभागी हुने वातावरण छैन।”

    यादवले नेतृत्व चयनका लागि जारी मतदाता नामावली प्रकाशन र मनोनयन प्रक्रियामाथि पनि आपत्ति जनाएका छन्। उनले अधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र र विधि–पद्धतिमाथिको अपमान भनेका छन्।

    यादवसँगै उहाँको प्यानलका अन्य उम्मेदवारहरूले समेत निर्वाचन प्रक्रिया बहिष्कार गरेका छन्। यससँगै मधेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सदस्य अनिरुद्दप्रसाद सिंह, पूर्वप्रदेश अध्यक्ष रामबाबु यादव लगायतका केही जिल्ला अध्यक्षहरूले पनि योगेन्द्र यादवको पक्षमा समर्थन जनाएका छन्।

    पार्टी नेतृत्व चयनका लागि जारी यस अधिवेशनमा एक पक्षको बहिष्कारपछि जसपाको मधेश प्रदेशमा आन्तरिक असन्तोष अझ गहिरिएको देखिएको छ। पार्टीको केन्द्रीय नेतृत्वले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन।

    प्रकाशित : बिहिबार, ३० असोज २०८२ , ११:५१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend