Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

सरुवा लिन इच्छुक निजामती कर्मचारीहरुबाट संघीय मन्त्रालयद्वारा निवेदन माग

सरुवा लिन इच्छुक निजामती कर्मचारीहरुबाट संघीय मन्त्रालयद्वारा निवेदन माग


  • आइतबार, भाद्र २४ २०८०
  • 832
    SHARES

    राजु विके
    भदौ २४ । एउटै निकाय वा कार्यालयमा न्यूनतम अवधिभन्दा बढी समयसम्म कार्यरत रहेका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले सरुवाका लागि निवेदन पेश गर्न सूचना जारी गरेको छ ।

    मन्त्रालयको सूचना अनुसार रिक्त स्थानीय तहमा खटिन इच्छुक कर्मचारीहरुले सरुवा हुनका लागि निवेदन पेश गर्न पाउने छन् ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४(४) बमोजिम यस मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत कामकाजमा खटाउने व्यवस्था रहेको छ ।

    सरुवा लिन इच्छुक कर्मचारीले आफ्नो अद्यावधिक विवरणसहित २०८० भदौ २८ गतेभित्र रिक्त स्थानीय तहहरुको प्राथमिकता सहित कामकाजमा खटिन निवेदन पेश गर्नुपर्ने छ ।

    मन्त्रालयले स्थानीय तह कर्मचारी प्रशासन शाखा वा इमेल [email protected] मा निजामती सेवा नियमावली, २०४९ को अनुसूची ७ बमोजिम निवेदन पेश गर्न माग गरेको छ ।

    प्रकाशित : आइतबार, २४ भाद्र २०८० , ०५:२४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend