Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

यस वर्ष असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस भव्य रुपमा मनाइने

यस वर्ष असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस भव्य रुपमा मनाइने


  • बुधबार, भाद्र २७ २०८०
  • 689
    SHARES


    भदौ २७ गते । संविधान दिवस २०८० भव्यतासाथ मनाउन नेपाल सरकारले सूचना सार्वजनिक गरेको छ । गत भदौ २१ गते गृह मन्त्रालयले संघीय मामिला महाशाखालाई पत्र मार्फत् देशै भर संविधान दिवस मनाउनका लागि समन्वय गर्न निर्देशन दिएको हो ।
    संविधान दिवस मनाउने सम्बन्धमा गत भदौ १७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको बैठकबाट निर्णय पारित भएको थियो । सोही निर्णय अनुसार गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखालाई सबै स्थानीय तहहरुलाई संविधान दिवस मनाउने बारे निर्देशन जारी गर्न मंगलबार (भदौ २६) अनुरोध गरेको हो ।

    यसरी मनाइने संविधान दिवस

    १) स्थानीय पालिकास्थित सबै सरकार तथा सार्वजनिक निकायका कार्यालय एवं शैक्षिक तथा सामूदायिक संघ–संस्थाहरुले राष्ट्रिय झण्डा एवं दिवस केन्द्रित ब्यानर सजाई कार्यालय र परिसर सरसफाई गर्ने ।
    २) स्थानीय पालिकाभित्र रहेका सरकारी कार्यालय, मण्डला, दरबार–स्क्वायर जस्ता सार्वजनिक स्थलहरुमा २, ३ र ४ गते साँझ दीप प्रज्ज्वलन गर्ने ।
    ३) पालिकावासी आमनागरिकहरु समेतले आ–आफ्नो घर, टोल एवं सार्विजनिक स्थलहरुको सरसफाई र ३ गते साँझ घर–घरमा दीप प्रज्ज्वलन गर्ने ।
    ४) पालिकाभित्र सञ्चालित स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमहरुबाट संविधानको महत्त्व सम्बन्धी रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरु प्रकाशन÷प्रसारणको व्यवस्था मिलाइने ।
    ५) दिवस केन्द्रित रही अन्य सान्दर्भिक तथा उपयुक्त कार्यक्रमहरु आयाजना तथा सञ्चालन गर्ने ।
    ६) पालिकास्थित मठ–मन्दिर, बृद्ध–विहार, मस्जिद, गुरुद्वार, चर्च लगायत धार्मिक स्थानहरुमा पुजारी÷धर्मगुरुबाट नित्य पूजा वा प्रार्थना गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरुको आत्माको चिरशान्तिको कामना सहित उच्च सम्मानसाथ श्रद्धासुमन अर्पण गर्ने ।

    संविधान दिवसको इतिहास

    ५ सय ३७ जना सभासदहरुबाट हस्ताक्षरित नयाँ संविधान मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको थियो ।

    २०६२ र ०६३ को जनआन्दोलनका मूल राजनीतिक उपलब्धि भनिएका गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका विषयहरु नयाँ संविधानमा राखिएका छन् । संविधानसभा बैठकमा राष्ट्रपति यादवले सभाध्यक्ष सुवास नेम्वाङद्वारा प्रमाणित पाँचवटा संविधानका प्रतिहरुमा हस्ताक्षर गर्दै नेपालको संविधान २०७२ प्रारम्भ भएको घोषणा गरेका थिए ।

    पहिलो संविधानसभाले ४ वर्षमा संविधान बनाउन नसकेपछि दुई वर्ष थपिएको नयाँ निर्वाचित दोस्रो संविधानसभाले आफ्नो एक सय ३५ औँ बैठकमा संविधान लेख्ने जिम्मेवारी पूरा गरेको थियो । दश वर्षको सशस्त्र द्वन्द्पछि माओवादीसँग भएको शान्ति सम्झौताका आधारमा २०६४ सालमा पहिलो संविधानसभाको चुनाव गरिएको थियो।

    संविधान जारी भए लगत्तै देशका अधिकांश भागमा संविधानको उल्लासपूर्ण स्वागत गरिएको थियो भने तराइ क्षेत्रका कतिपय भागहरूमा विरोध पनि भएको थियो जसका क्रममा वीरगञ्जमा एकजना आन्दोलनकारीसमेतको ज्यान गएको थियो।

    आज पनि मधेश प्रदेशका धेरै भूभागबासीहरु संविधानप्रति असन्तुष्ट नै देखिन्छन् । गत वर्षहरुमा मधेश केन्द्रित दलहरुले एक दुई साता अगाडि नै असोज ३ लाई संविधान दिवसको रुपमा नमनाइ कालो दिवसको रुपमा मनाउने निर्णय गर्ने गर्दथे भने यस वर्ष आजसम्म त्यस सम्बन्धमा मधेश केन्द्रित दलहरुबाट कुनै औपचारिक निर्णय नभइ सकेको जनकपुरबाट जानकारी प्राप्त भएको छ ।

    असोज ३ गतेका दिन सार्वजनिक विदाको व्यवस्था रहेको छ ।

     

     

    प्रकाशित : बुधबार, २७ भाद्र २०८० , ०९:०० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend