Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

कोशी प्रदेश : एमालेले पाउला त एकीकृत समाजवादीको साथ ?

कोशी प्रदेश : एमालेले पाउला त एकीकृत समाजवादीको साथ ?


  • मंगलबार, असोज २ २०८०
  • 611
    SHARES

     

     

     

    विराटनगर । कोशी प्रदेशसभाले स्थिर खालको सरकार दिन नसकिरहेको बेला नेकपा एमालेका नेता र एमालेबाटै विभाजित बनेको नेकपा एकीकृत समाजवादीका नेताबिच भएको भेटवार्ताले कोशी प्रदेशमा राजनीतिक तरङ्ग ल्याएको छ । एमाले नेता शेरधन राई र नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राईबिच आइतबार धरानमा भेटवार्ता भएको हो ।

    आपसमा भेट र कुराकानी भएको दुवै नेताले पुष्टि गरेका छन् । रातोपाटीसँग कुरा गर्दै एमाले नेता तथा पूर्वमुख्यमन्त्री राईले प्रदेशको तरल राजनीतिको विषयमा छलफल भएको बताए । तर, अहिले नै ठोस निष्कर्ष निस्कने अवस्था भने नबनेको उनको भनाइ छ ।

    ‘प्रदेशमा कुनै पनि ठोस स्थिति बनेको छैन । अवस्था तरल नै छ । सम्भावनाका लागि नेकपा एमालेले गठबन्धनभित्रकै कुनै पाटर्नरलाई या त आफूसँग जोड्नु प¥यो । या त मत चोर्नु प¥यो,’ उनले भने, ‘नभए उपधारा ३ को सरकारले विश्वासको मत लिन सक्दैन । त्यसपछि भनेको उपधारा ५ मा जाने भयो ।’

    उनले प्रदेशमा दलहरुको अवस्था तरल रहेको कारण उपधारा ५ मा पुगेपछि केही विकल्प रहेको पनि सुनाए । ‘उपधारा ५ मा जाँदा के गर्ने भन्ने कुरामा चाहिँ दुईतीन वटा विकल्प छन् । एउटा कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउने । सबै दलहरुबिचमा सहमति गरेर आलोपालो गर्ने हो कि, के गर्ने हो ! त्यो भागबण्डा मिलाएर निकास दिनुप¥यो । अर्को भनेको जसले पनि ४७ संख्या पु¥याएर सरकार बन्न सक्ने भएकाले त्यो प्रयासमा दलहरु लाग्न सक्छन्, त्यहाँ पार्टीको ह्वीप लाग्ने भएन,’ उनले भने ।

    यदि मध्यावधिमा जान कुनै पनि दल मञ्जुर होइन भने एउटा निकासको बारेमा सिरियस ढंगले छलफल सुरु गर्नुपर्ने एमाले नेता राईको भनाइ छ । उनले भने, ‘त्यस्तो बेला पनि भइसक्यो, के छ तपाईहरुको कुराकानी भनेर उहाँ (राजेन्द्र राई)सँग गफ भएको हो । स्थिति चाहिँ तरल नै छ । ठोस केही हुन्छ, हुनसक्छ भन्ने अवस्था छैन ।’

    उता, एकीकृत समाजवादीका नेता राजेन्द्र राईले पनि छलफल भएको पुष्टि गरे । ‘हामीले प्रदेशको, देशको सबै विषयमा छलफल गरेका हौँ,’ उनले भने, ‘विश्वासको मत दिनुहोस्, हामी सरकार बनाऔं भन्ने उहाँको कुरा थियो । मैले गठबन्धनलाई पहिलो प्राथमिकता भनेको छु । गठबन्धनबाटै दायाँबायाँ हुने अवस्थामा दोस्रो प्राथमिकता भनेको छु ।’

    राईद्वय भोजपुरका समकालीन नेता हुन् । २०७४ सालको निर्वाचनमा दुवैजना नेकपा एमालेबाट भोजपुरको १ र २ नम्बर निर्वाचन क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । प्रदेशसभाको पहिलो कार्यकालको संस्थापक मुख्यमन्त्री शेरधन राई बन्दा राजेन्द्र राई भने तेस्रो मुख्यमन्त्री बनेका थिए ।

    २०७९ सालको निर्वाचनमा भने नेकपा एमालेबाटै विभाजित बनेको एकीकृत समाजवादीबाट राजेन्द्र राई भोजपुरको निर्वाचन क्षेत्र १ बाट पुनः प्रदेशसभामा निर्वाचित भएका हुन् भने शेरधन राई संघीय सांसदमा पराजित भएका थिए ।

    संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वमा हाल कोशी प्रदेश सरकार कायम छ । उनले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ ।

    उनले विश्वासको मत लिन नसके धारा १६८ को उपधारा (५) मा पुग्ने अवस्था छ । यही अवस्थामा एमाले र एकीकृत समाजवादीका दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

    सत्ता संकटमा परेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एकीकृत समाजवादीको साथ खोजेको यही घटनाले प्रस्ट पार्दछ । एकीकृत समाजवादीले भने अहिलेकै सरकारलाई नसघाउने बताउदै आएको छ ।

    संघीय समाजवादीका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले  छलफल सकारात्मक भए पनि कुनै निष्कर्ष ननिस्किएको बताए ।

     

    प्रकाशित : मंगलबार, २ असोज २०८० , ०८:३१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend