Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

देशमा राजाको क्रेज र नेताप्रतिको नैराश्यता

देशमा राजाको क्रेज र नेताप्रतिको नैराश्यता


  • आइतबार, असोज ७ २०८०
  • 819
    SHARES

     

     

    असोज ७, रुपन्देही । हामीले  स्वतन्त्रता खोज्यौं, राणाशासनलाई फाल्यौं, पुगेन , पंचायती व्यवस्था फाल्यौं, बहुदलीय व्यवस्था ल्यायौं, त्यसलेनि पुगेन । १० वर्षे जनयुद्ध रोज्यौं, राजा फाल्यौं, संविधान सभा चुनाव हुँदै गणतन्त्र ल्यायौं, यसले पनि झनै पुगेन ।

    राणा शासनको निरङ्कुशताबाट परिवर्तन हुँदै हुँदै लोकतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा गणतन्त्र आफैमा गलगाँडतन्त्र प्रमाणित भयो । न नेपालमा समृद्धि आयो, न नेपालीहरु सुखी नै भए । बन्यो त केवल नेता, कार्यकर्ता र आफन्तले कमाइ खाने भाँडो र रमाइजाने ठाउँ।

    आज भक्तपुरमा राजा ज्ञानेद्र शाहको भ्रमणको जुलुस हेर्दा देशको आशाको केन्द्रको रुपमा ज्ञानेन्द्र शाहलाई हेरिदै छ भन्ने स्पष्ट संकेत हो भनेर निष्कर्ष निकाल्न सकिन्छ । राजा आउ देश बचाउ भन्दै लाखौ जनता भक्तपुरको सडकमा उत्रिएका थिए । नेताहरुको आशा र भरभरोसा गर्न जनताले छाडी सकेका छन् भन्ने कुराको पुष्टि गरिरहेको छ हाल देशका विभिन्न भागमा देखिएको जनाक्रोशको परिदृश्यले । अब पनि नेताको आँखा नखुले कहिलै नखुल्ने प्रष्ट हुन्छ ।

    राजा न आउला भन्न सकिन्न, यस्ता इतिहास दोहोरिएका केहि देशहरु छन्।  भूपू राष्ट्रपति उपराष्ट्रपति र प्रतिनिधिरुपी सयौं राजा पाल्नुभन्दा एक राजा नै उपयुक्त हुने जनादेश अब छिटै आउने देखिन्छ । हुन त ज्ञानेन्द्र राजा बन्दैमा सबै सुधार हुन्छ, सप्रिन्छ भन्ने कुराको पनि ग्यारेन्टी त छैन । तर नेताहरुको लुटतन्त्रले गणतन्त्रात्मक व्यवस्था परिवर्तनलाई अनिवार्यतामा पारेको छ ।

    प्रकाशित : आइतबार, ७ असोज २०८० , १०:२० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend