Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

पहाडी बाटो, इलेक्ट्रीक गाडी र त्यसमा देखिएका समस्या

पहाडी बाटो, इलेक्ट्रीक गाडी र त्यसमा देखिएका समस्या


  • सोमबार, असोज ८ २०८०
  • 845
    SHARES

     

     

    बुटवल । नेपालमा टाटा कम्पनीको नेक्सन इभी र अन्य गाडीहरु नेपालमा लन्च गरिसकेको र हजारौ गाडी बिक्री भैसकेको छ। विश्वको बिकसित देसमा समेत इलेक्ट्रीक गाडि सक्सेस नहुदा नहुदै नेपाल जस्तो विकासशील भौगोलिक अखन्डता र पहाडी भूभाग भएको देशमा EV साधनहरु भित्राइनु गलत सावित भयो कि भन्ने ग्राहकवर्गको गुनासो देखिएको छ। EV मा देखिएको खराबी र यसमा लगानी गर्दा हुने जोखिमका विषयमा संचारमाध्यमहरुमा  समाचारहरु प्रकाशित भएपछि  गाडी बुकिङ गरिसकेकाहरुले रद्द गर्न थालेका छन् ।

    लोकसारथीले यस सम्बन्धमा  यथार्थ कुरा बुज्ने कोसिस गरेको थियो। हाम्रो सम्पादकले बिभिन्न बिक्रेता र उपभोग्ता संङ यसबारेमा खोजनिति गरेको थियो।केहि ग्राहकहरु समाचार प्रकाशित भएपछि आफूहरुको आँखा खुलेको र बग्रेल्ती समस्याहरु देखिएको विषयमा आफूहरुले सुनेको, तर मिडियामै कुराहरु आएपछि पनि नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको तर्फबाट कुनै प्रष्टीकरण नआएको भन्दै टाटाप्रेमी गाडी प्रयोगकर्ताले नेक्सन इभी र हालै लञ्च भएको टियागो इभीको बुकिङ समेत रद्द गर्न थालेका छन् । नेक्सन म्याक्सले भने जति माइलेज नदिने, ब्याट्री कम भएपछि स्पिड स्लो हुने जस्ता बिभिन्न प्रकारका कमि कमजोरिहरु भएको उपभोगताको गुनासो रहेको छ।

    समाचार प्रकाशित भएपछि धेरै प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा आफूहरुले समेत टाटाको गाडी प्रयोग गरेर दुःख पाएको, समस्याहरुको सही सम्बोधन नभएको र कम्पनी आएका गुनासाहरु सम्बोधन तथा समस्या समाधानमा जिम्मेवारी नदेखिएको प्रतिक्रियाहरु दिइरहेका छन् ।

    सर्वसाधारणको यस्तै प्रतिक्रिया देखेर गाडी बुकिङ गरिसकेकाहरुले समेत अहिले नलिने भनेर फोन गर्न थालेका सिप्रदी ट्रेडिङस्थित एक उच्च स्रोतले जानकारी दियो । ‘बिहीबार मात्रै टाटाको इभीमा समस्या रहेछ भन्दै ५० भन्दा बढी फोन कर्पोरेट अफिसमा आयो । बुझाउँदा बुझाउँदा हामी हैरान भइसक्यौं ।’ सिप्रदीका एक कर्मचारीले नाम सार्वजनिक नगरिदिने शर्तमा  भने–‘हामीले उच्च व्यवस्थापनमा यो विषयमा बोल्नुपर्ने भनेर समाचार आएको दिन नै भनेका हौं । तर उहाँहरुले सुन्नुभएन । यो त ”मौनम स्वीकृति लक्षणम ” भनेजस्तो भयो । हामी पनि कन्फ्यूजनमा छौं ।”

    टाटाले हालै सम्पन्न नाडा अटो शोका क्रममा ५०० बढी टियागो इभी बुक भएको दाबी गरेको थियो । टियागो इभी बुक गरेकाहरुले समेत धमाधम बुकिङ रद्द गर्न थालेका छन् भने केही चाहिँ ”वेट एण्ड सी” को मूडमा देखिएका छन् । एक प्रतिष्ठ्त इन्सुरेन्स कम्पनिका म्यानेजरले आफूले टाटाको नेक्सन इभी लिन भनेर बुकिङ गरे पनि अब निर्णय परिवर्तन गरेको बताए । ‘यति धेरै समस्या रहेछ । इभीको मुख्य समस्या नै ब्याट्री हो । नेक्सनको समस्या धेरै समयदेखि साथीहरुले भन्दै आएको कुरा हो । जोखिम देखेर निर्णय परिवर्तन गर्ने अवस्था बन्यो । उनले भने  “हामी केहि इन्सुरेन्सका साथीहरुले बुकिङ गरेका थियौं तर ती सबै बुकिङ क्यान्सल गर्यौं । उनले अगाडि कुरा राखे EV को ब्याट्री मात्र 8 बर्ष सम्म अथवा 160000 km को वारेन्टि भनेको छ तर हुने हो या होइन केहि भन्न सकिन्न । आजको डेटमा ब्याट्रीको मुल्य 8 लाख पर्छ भन्ने सुचना छ अब आउदो आठ साल पछि 16 लाख हुने निश्चित छ हामि पेट्रोल वाला गाडी नै चडेपनि 8 सालमा 15/16 लाखको पेट्रोल भरिदैन। तसर्थ मलाई उचित लागेन र किनेका धेरै साथिहरुको सुझाब पनि पेट्रोल वाला गाडिमै रहेको जानाकारी दिए।अब आउँदो समयमा EV ले पेट्रोल गाडिको स्थान लेला या नलेला यो त भविष्यले नै बताउने छ।

    प्रकाशित : सोमबार, ८ असोज २०८० , ०७:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend