Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

एमाले कोशी अधिवेशन आजदेखि विराटनगरमा

एमाले कोशी अधिवेशन आजदेखि विराटनगरमा


  • शुक्रबार, असोज १२ २०८०
  • 533
    SHARES

    असोज १२, लुम्बिनी । नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन शुक्रबार (आज) विराटनगरमा सुरु हुँदैछ।

    संघीयता कार्यान्वयनमा आएपछि पहिलोपटक अधिवेशनमा जुटेको एमालेले यो अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

    हालसम्म  पार्टी केन्द्रले तोकेको नेतृत्वले प्रदेश पार्टी सञ्चालन गरिरहेको थियो ।

    कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि  १३७ स्थानीय तह, २३ जनवर्गीय संगठन,  मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ।

    हालसम्म ९९७ जना प्रतिनिधि चयन भइसकेका छन्। अब त्यसको  पाँच प्रतिशत प्रतिनिधि चयन हुन बाँकी रहे पनि विवादका कारण चयन हुन सकेको छैन।

    स्रोतका अनुसार अधिवेशनबाट अध्यक्षको पुनः दाबी गरिरहेका हालका अध्यक्ष तुलसी न्यौपाने पक्ष प्रतिनिधि मनोनयन गर्नुपर्ने पक्षमा छ भने अर्का दाबेदार विनोद ढकाल पक्ष मनोनयन गर्न नहुने पक्षमा छन्।

    एमाले प्रदेशको अध्यक्ष बन्न प्रदेश कमिटीका हालका अध्यक्ष न्यौपाने, केन्द्रीय सदस्य विनोद ढकाल, नेताहरू घनश्याम खतिवडा र टीकाराम चेम्जोङ दौडमा छन्। यीमध्ये विनोद ढकाल, घनश्याम खतिवडा र टीकाराम चेम्जोङ चुनाव लडेरै भए पनि नेतृत्वमा जाने मनस्थितिमा छन्। अध्यक्ष न्यौपाने भने सर्वसम्मत भए दोहोरिने अन्यथा प्रतिष्पर्धामा नजाने सोचमा रहेको नेताहरु बताउँछन्।

    यी सबै नेताहरू  अध्यक्ष केपी शर्मा ओलीको ‘ग्रीन सिग्नल’ पर्खेर बसेका छन्।  तर, अधिवेशन सुरु हुने दिनसम्म पनि ओलीले यसबारे मुख खोलेका छैनन्।

    पार्टीको पदेन पोलिटब्युरो सदस्य हुने र प्रदेश पार्टीमा कार्यकारी भूमिका पनि रहने भए पछि एमालेमा केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्षको दौडमा छन्। त्यसबाहेक वडाध्यक्ष, पालिका प्रमुख, उपप्रमुख, प्रदेश र प्रतिनिधिसभा सदस्यले पार्टीमा कार्यकारी भूमिका नपाउने भएपछि पार्टी प्रदेश अध्यक्ष र सचिवमा यसअघि निर्वाचन हारेका नेताहरुलाई दाबी गर्न सजिलो भएको छ।

    शुक्रबार विराटनगरमा सुरु हुने प्रथम अधिवेशनको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

    अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्नेछन्। विराटनगरस्थित होटल मनास्लु इनमा आयोजना गरिने अधिवेशन भव्य हुने एमालेका कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले जानकारी दिए।

    अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिए।  यस्तै कोशी प्रदेशमा देखिरहेको पहिचानको मुद्दाको विषयमा पनि अधिवेशनमा छलफल हुने न्यौपानेको भनाइ छ।

    उनले अधिवेशनबाट नेतृत्व चयन सहमतिबाट हुने र नभए निर्वाचनमार्फत गरिने बताए। तर, प्यानल निर्माण गर्न नपाइने उनको भनाइ छ।

    प्रकाशित : शुक्रबार, १२ असोज २०८० , ०७:२९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend