Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

नेपालगञ्जमा स्थानीय प्रशासनद्वारा कर्फ्यु

नेपालगञ्जमा स्थानीय प्रशासनद्वारा कर्फ्यु


  • मंगलबार, असोज १६ २०८०
  • 468
    SHARES

    काठमाडौं । सामाजिक र धार्मिक सदभाव भड्किने हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि कर्फ्यु जारी गरिएको हो ।

    मंगलबार नेपालगञ्जमा हिन्दुहरुको समूहले भेला भएर संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि बजार परिक्रमा गरेर प्रदर्शनमा उत्रिएका थिए । घरमाथिबाट ठूलो संख्यामा निस्किएको र्‍यालीमा ढुंगा र ईंटा प्रहार हुँदा त्याहाँको स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको प्रशासनले जानकारी गराएको छ ।

    मंगलबार बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले पदयात्रा निकालिएको थियो ।

    धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गरेको थियो । यदि कसैले त्यसो गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिएको थियो ।

    प्रकाशित : मंगलबार, १६ असोज २०८० , ०२:२७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend