Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा निर्वाचित

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा निर्वाचित


  • शुक्रबार, असोज १९ २०८०
  • 507
    SHARES

     

    नेकपा एमालेको गण्डकी अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् ।

    सोमबार राति भएको अन्तिम मतगणनाको नतिजा अनुसार शर्माले ५३१ र मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए । शर्मालाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले समर्थन गरेका थिए ।

    उपाध्यक्षमा मीनबहादुर गुरुङ ५३४ मत ल्याएर विजयी भएका छन् । उनले बाबुराम विश्वकर्मालाई १७२ मतले पराजित गरेका हुन् । यसैबीच सचिवमा धनञ्जय दवाडी पुनः निर्वाचित भएका छन् । उनले ५२० मत प्राप्त गरे भने रश्मि आचार्यले ३ सय ७६ मत प्राप्त गरे ।

    उपसचिवमा दमबहादुर विश्वकर्मा ४९९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरेका छन् ।

    त्यस्तै उपसचिव (महिला)मा मञ्जु अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले ५३१ र मीना गुरुङले ३६५ मत प्राप्त गरे ।

    एमाले गण्डकी प्रदेश कमिटीको अधिवेशनमा कुल ९०७ योग्य मतदातामध्ये ८९६ जनाले मतदान गरेका थिए । निर्वाचनमा ३३ मतदान मेसिनको प्रयोग गरिएको थियो ।

    १६५ पदका लागि कुल २७७ उम्मेदवारले उम्मेदवारी दिएका थिए । तीमध्ये ३१ जना भने सोमबारअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

    प्रकाशित : शुक्रबार, १९ असोज २०८० , ०१:०१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend