Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

इजरायलमा फसेका नेपालीको उद्धार गर्न सांसदहरूको माग

इजरायलमा फसेका नेपालीको उद्धार गर्न सांसदहरूको माग


  • सोमबार, असोज २२ २०८०
  • 507
    SHARES

    उपचारभन्दा रोकथाम राम्रो भन्ने एउटा उखान छ । यस उखानले नेपाली समाजमा व्यवहारिक रुप लिन छोडेको छ ।  विदेशमा उच्च विशिष्ट अध्ययनका लागि जान बाध्य बनाउनुभन्दा आफ्नै देशमा अन्तर्राष्ट्रिय मापदण्डयुक्त शिक्षा पद्धति लागु गर्नु पर्दथ्यो नेपाल सरकारद्वारा तर सरकारको यो काममा खासै रुचि भएको देखिदैन । भएगरेका विश्व विद्यालय, शिक्षण अस्पतालहरु र प्राविधिक शिक्षालयहरु बन्द हुने अवस्थामा रहेका छन् भने कतिले त सेवा दिन छोडी सकेका छन् । प्रतिनिधिसभाका सांसदहरुसँग अध्ययन वा रोजगारीका लागि विदेशिएका नेपालीहरु विदेशमा मारिदा वा संकटमा पर्दा उनीहरुको उद्धार र सुरक्षाका लागि नेपाल सरकारलाई दवाव दिनु बाहेक अन्य उपाय छैन । प्रतिनिधिसभाको बैठकले आफ्नो ऊर्जा आवश्यक महत्वपूर्ण नीति, योजना वा विकास निर्माणका राष्ट्रिय मुद्दामा बहस चलाई ठोस कार्यक्रम ल्याउनुमा लगाउनुको सट्टा नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षा र बचाउका लागि दवाव दिदै खर्चिएको देखिन्छ । नेपालको असन्तुलित र अस्तव्यस्त राजनीतिले नेपाली नागरिकहरुलाई संकटमा पार्दै गएको छ ।

    गत शनिवार हमास आतंकीहरुले इजरायलमा अचानक आक्रमण गरेपछि त्यस आक्रमणमा त्यहाँ अध्ययन र आर्जनका लागि गएका नेपालीहरु समेत परेका छन् । करिब एक दर्जन नेपालीहरु मारिएका छन् भने कतिपय बेपत्ता छन् त कतिपय गम्भिर घाइते बेनका छन् । उनीहरु बङ्करहरुमा लुकीछिपी बिना पानी, बिना खाना अलपत्र अवस्थामा रहेका छन् । दर्जनौं नेपालीहरुले भोगेको नारकीय कष्टलाई लिएर नेपालका सांसदहरुले उनीहरुको सुरक्षा र उद्धारका लागि नेपाल सरकारलाई प्रतिनिधिसभा अध्यक्ष मार्फत् दवाव दिदै आएका छन् ।

    सांसदहरूले इजरायलमा फसेका नेपाली नागरिकको उद्धार गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा शून्य र विशेष समयमा बोल्दै सांसदहरूले हमास समूहको हमलापछि चर्किएको द्वन्द्वमा बेपत्ता नेपालीको खोजी, घाइतेको उपचार र सम्पर्कमा रहेका नागरिकको उद्धार गरी स्वदेश फर्काउन माग गरेका हुन् ।

    कांग्रेस सांसद रामहरि खतिवडाले इजरायलमा फसेका नेपालीलाई तुरुन्त उद्धार गरी सुरक्षित वातावरणमा अवतरण गर्ने व्यवस्था मिलाउन माग गरे । कांग्रेसकै श्यामकुमार घिमिरेले इजरायलमाथि भएको हमलाप्रति दुःख व्यक्त गर्दै त्यहाँ बसेका नेपालीको सरकारले चाँडोभन्दा चाँडो तदारुकतासाथ उद्धारको कार्य सम्पन्न गर्न माग राखे ।

    कांग्रेसकै मञ्जु खाणले इजरायलमा रहेको नेपाली राजदूतावासले सहयोग नगरेको गुनासो नेपालीहरूबाट आइरहेको भन्दै अविलम्ब नेपालीको उद्धार गर्न र नागरिकको सहयोगका लागि राजदूतावासलाई स्रोत–साधन उपलब्ध गराउन माग गरिन् ।

    एमाले प्रमुख सचेतक पदम गिरीले काम र अध्ययनका सिलसिलामा गएका नेपालीमध्ये केही घाइते भएको, केही हराइरहेको र केही कष्टपूर्ण स्थितिमा घरभित्र लुकेर बस्नुपरेको, नर्सिङ होम तथा काम गर्ने कारखानाभित्र लुकेर बसेको उल्लेख गर्दै छिटोभन्दा छिटो आफ्नो जीवन रक्षा गरिदिन अपिल गरे । गिरीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन गरेर नेपाली नागरिकको जीवन रक्षाका लागि प्रधानमन्त्री प्रचण्डले संवाद गर्नुपर्ने मागसमेत गरे । उद्धारका लागि छिमेकी राष्ट्रसँग समन्वय गर्न र विमान चार्टर गरेर भए पनि स्वदेश फर्काउने प्रबन्ध मिलाउन उनले माग गरे ।

    माओवादी प्रमुख सचेतक हितराज पाण्डेले इजरायलमा नेपाली नागरिक आतंकित भएर बस्नुपरेको भन्दै राज्य छ भन्ने अनुभूति सरकारले दिलाउनुपर्ने धारणा राखे । ‘उहाँहरूको सुरक्षा, उपचार र उद्धारका लागि विशेष पहल होस्,’ उनले भने । माओवादीकै हितराज तामाङले घाइतेको यथोचित उपचार, बेपत्ताको प्रभावकारी खोजबिन र उद्धार गरी नेपाल ल्याउन आग्रह गरे । माओवादीकै ज्ञानु बस्नेत सुवेदीले युद्ध लम्बिने विश्लेषण भइरहेकाले सम्पूर्ण नेपालीलाई स्वदेश फर्काउन छिटो पहल गर्न माग गरिन् ।

    रास्वपाका शिशिर खनालले रोजगारी र अध्ययनका सिलसिलामा बसोवास गरिरहेका हजारौँ नेपालीको नागरिकको अवस्थाबारे चिन्तित रहेको भन्दै इजरायलमा रहेका नागरिकसँग सक्रिय सम्पर्क गरी उनीहरूको सुरक्षाको सुनिश्चितता र मानवीयता हितको प्रत्याभूति गर्न आग्रह गरे । रास्वपाकै स्वर्णिम वाग्लेले ६२ वर्षअघि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले इजरायलको ऐतिहासिक भ्रमण गरेपछि प्रगाढ बनेको द्विपक्षीय सम्बन्ध रहेको मुलुकमाथि भएको आतंककारी हमलाप्रति घोर भत्र्सना गरे ।

    राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले इजरायलमा फसेका नेपालीको र्‍यापिड टिम बनाएर उद्धार गर्न माग गरे । राप्रपाकै धवलशमशेर जबराले हजारौँ नेपाली फसेको भन्दै अहिलेबाट उद्धारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । ‘नत्र भने अन्तिम समयमा गाह्रो पर्न सक्ने स्थिति छ । त्यहाँ संघर्ष लामो चल्ने स्थिति छ,’ उनले भने । जबराले इजरायलको संकटले नेपालमा पनि संकट ल्याउन सक्ने सम्भावना देखिएको टिप्पणी गरे । ‘इजरायलको द्वन्द्वलाई लिएर यहाँ दुइटा धार्मिक समुदायको बीचमा टीकाटिप्पणी भइसकेको छ । यसकारण संवेदनशील जिल्लामा जिल्ला प्रशासन चनाखो हुनुपर्छ । सामाजिक सञ्जालका माध्यमलाई प्रशासनले ठानेमा केही दिनका लागि बन्द गर्ने व्यवस्था मिलाउँदा राम्रो होला । होइन भने अर्काे देशको असर हाम्रोमा पर्छ,’ उनले भने ।

    जसपा प्रमुख सचेतक प्रदीप यादवले इजरायलमा रहेका नेपाली असुरक्षित र त्राहिमान भएको, उद्धारका लागि सरकारलाई गुहार गरिरहेको उल्लेख गर्दै भने, ‘नेपाल सरकारले अविलम्ब इजरायलमा फसेका नेपालीलाई उद्धारका लागि विशेष पहल गरोस्, त्यहाँबाट उद्धार गरेर नेपाल ल्याओस् भन्ने जोडदार माग गर्दछु ।’ लोसपाका रामप्रकाश चौधरीले द्वन्द्वमा फसेका नेपालीलाई तुरुन्त स्वदेश फर्काउने व्यवस्था गर्न माग गरे ।

    जनमोर्चाका चित्रबहादुर केसीले गम्भीर भएर नेपाली नागरिकलाई सहयोग गर्न माग गरे । ‘नेपालमा वृद्धवृद्धालाई सेवा गर्ने ठाउँ नहुने, तर हामीले यहाँ तालिम दिएर अरूका आमाबुबालाई स्याहारसुसार गर्न पठाउने इजरायल महत्वपूर्ण ठाउँ । आफ्ना घरमा बुढा भएका आमाबुबालाई एक्लै छाडेर छोरा–नाति इजरायलमा अरूका बुबाआमाको सिँगान पुछ्न गइरहेका छन् । त्यसमा पनि त्यहाँ हमासको सिकार भइरहेका छन् । सरकारले गम्भीर भएर प्रभावित नेपालीलाई सहयोग गरोस्,’ उनले भने ।

    प्रकाशित : सोमबार, २२ असोज २०८० , ०८:३६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend