Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

तिलोत्तमामा नगर प्रमुख खाँडले गरे नि:शुल्क अटो सेवाको शुरुवात

तिलोत्तमामा नगर प्रमुख खाँडले गरे नि:शुल्क अटो सेवाको शुरुवात


  • सोमबार, असोज २२ २०८०
  • 663
    SHARES

    कुनै पनि जिम्मेवारीपूर्ण पदमा आसिन हुन साथ सम्बन्धित पदाधिकारीको महत्वपूर्ण दायित्वहरुको शुरुवात हुन्छ । नेपालको हकमा पञ्चायती व्यवस्था, राजतन्त्र, बहुदलीय व्यवस्था, गणतन्त्रात्मक प्रणाली सबै असफल भएको अनुभूति नागरिकले गर्ने गरेका छन् । व्यवस्था जुनसुकै होस्, व्यवस्थापकको नियत पवित्र सेवामुखी हुने हो भने त्यसको परिणाम सदैव सुखमय र समृद्धिकारक हुन सक्छ । तर नेपालमा नेता, मन्त्री तथा राजनीतिज्ञहरुको बदनियतपूर्ण अभ्यासले नेपाललाई सधैको गरिब नै बनाइ राख्यो ।

    काठमाडौ महानगरका मेयर बालेनको कार्य शैली देशैभर तीव्र गतिमा फैलिने क्रम जारी छ । बालेन सबैका लागि प्रेरणाको स्रोत बनेका छन् । देश र समाजमा सकारात्मक विकास ल्याउनका लागि राजनीतिक दलको कार्यकर्ता हुनै पर्छ भन्ने पारम्परिक मान्यतालाई बालेनको कार्यले पूर्णतया खारेज गरिदिएको छ । गणतन्त्रात्मक प्रणाली अघिको आनन्दवन गाउँ विकास समितिमा भएगरेका विकासका कार्यहरुले यसलाई देशैभर नमूना गाविसको रुपमा स्थापित गरेको थियो । नगरपालिकामा स्तरोन्नति भए पश्चात पनि पूर्व मेयर वासुदेव घिमिरेले आनन्दवन जुन शंकरनगरको नामले सुपरिचित छ यसको गरिमालाई आफ्ना योगदान एवम् जनप्रिय कार्यहरु मार्फत् निरन्तरता दिदै आएका थिए ।

    त्यही गरिमालाई जीवन्त राख्ने जिम्मेवारीमा अहिले रामकृष्ण खाँड मेयरको रुपमा तिलोत्तमा नगरपालिकालाई विकासको शीखरमा पुर्याउन प्रयासरत छन् । यसै क्रममा मेयर खाँडको जनप्रिय निर्णय यतिबेला चर्चामा रहेको छ । उनले एक महत्वपूर्ण निर्णय गरेर त्यसलाई कार्यान्वयनसम्म पुर्याएका छन् ।

    तिलोत्तमा नगरपालिकाको सेवा प्रबाहका लागि शंकरपुर चोकदेखि आउने अनि नगरपालिकाबाट सेवा समाप्तिपछि जाने सेवाग्राहीहरुको सुबिधाको लागि नि:शुल्क अटो सेवाको शुरुवात गरिएको छ। कार्यालय समयमा सो सेवा नि:शुल्क उपलब्ध हुनेछ। यस्को भरपुर लाभ लिन सम्पुर्ण जनता लाइ आग्रह छ । आज कार्य्क्रम राखि नगर प्रमुख रामकृष्ण खाडले रिबन काटि समुदघाटन   गरेका छन् । यो व्यवस्थाबाट सर्वसाधारण नागरिकलाई नगरपालिकाको कार्यालयसम्म पुगेर सेवा सुविधा लिन सहज हुने भएको छ ।

    प्रकाशित : सोमबार, २२ असोज २०८० , ०८:०९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend