
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० प्रतिनिधिसभामा पेस भएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिले उक्त प्रतिवेदन बिहीबारको प्रतिनिधिसभा बैठकमा पेस गरेको हो । समिति सभापति बिमला सुवेदीले दफाबार छलफलपश्चात् विधेयक पेस गरिएको जानकारी दिइन् ।
यो विधेयकालाई २०७९ माघ १० गते तत्कालीन कानुनमन्त्री ध्रुवबहादुर प्रधानले दर्ता गराएका थिए । विधेयक २०७९ फागुन ३ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । २०८० वैशाख १५ गतेको बैठकले उक्त विधेयक दफाबार छलफलका लागि कानुन समितिमा पठाएको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
