Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

एसियाली युरोपेली राजनीतिक शिखर सम्मेलन काठमाडौंमा सुरु

एसियाली युरोपेली राजनीतिक शिखर सम्मेलन काठमाडौंमा सुरु


  • शुक्रबार, असोज २६ २०८०
  • 754
    SHARES

    इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज (आईसीएपीपी) को ४०औँ स्थायी समिति बैठक र एसिया युरोप पोलिटिकल फोरमको पाँचौं वार्षिक बैठक आजदेखि काठमाडौंमा हुँदैछ ।

    असोज १५ गतेसम्म चल्ने बैठकमा एसियाली र युरोपेली राजनीतिक दलका नेता तथा विज्ञहरूले दुवै महादेशको साझा भविष्यका समसामयिक विषयमा छलफल गर्ने फोरमका सहअध्यक्ष तथा स्थायी समिति सदस्य डा राजन भट्टराईले जानकारी दिए ।

    सम्मेलनमा चीन, दक्षिण कोरिया, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, पाकिस्तान, लेबनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत विभिन्न मुलुकका २६ राजनीतिक दलका मन्त्री, सांसद र नेतासहित ५० भन्दा बढी व्यक्तिको सहभागिता रहनेछ । ।

    नेकपा (एमाले) परराष्ट्र विभाग प्रमुख समेत रहेका डा भट्टराईले बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको र विभिन्न सहभागी दल र देशका प्रतिनिधिहरु पनि आइपुगेको बताए ।

    नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असोज १ गते बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्ने भएका छन् ।बैठक काठमाडौंको गोकर्णमा आयोजना हुनेछ ।

    प्रकाशित : शुक्रबार, २६ असोज २०८० , ०५:३२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend